पोखरामा अड्किएका पर्यटकलाई लक्षित गरी ४ वटा रेष्टुरेन्ट खोल्ने रेवानको निर्णय

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले लेकसाइडका ४ वटा रेष्टुरेण्ट खुलाउने भएको छ । पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकलाई खाना खुवाउन सुविधा होस् भनेर रेष्टुरेण्ट खुलाउने निर्णय गरेको हो ।

रेवान पोखराले बुधबार जारी गरेको विज्ञप्ती अनुसार पर्यटकलाई लक्षित खुल्ने रेष्टुरेण्टहरुमा लेकसाइडको अम्बोटस्थित माउण्ट कैलाश रिसोर्ट, बाराहीचोकस्थित मुनडान्स रेष्टुरेण्ट, मुस्ताङचोकस्थित ड्याडी किचन र गौरीघाटस्थित होटल ग्लासिएर छन् ।

jutta mela

यी रेष्टुरेण्टबाट सुपथ मूल्यमा पर्यटकले खाना लिएर जान पाउने रेवान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए । विज्ञप्तीमा जिल्ला प्रशासनसँग अनुमति लिएर नै यी रेष्टुरेण्ट खुलाएको उल्लेख छ ।

 

‘लेकसाइडमा पर्यटकहरुलाई खानाको समस्या भएको भन्ने सुनेपछि हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएकौ छ, कुनैपनि पर्यटक आफ्नो देश जान नसकेर यहि बस्नु भएको र सामान्य खाना खान पनि समस्या भएको भए उहाँहरुलाई खाना खुवाउनु मानवताको आधारमा पनि हाम्रो धर्म हो ।’

यी रेष्टुरेण्ट खुलेपछि पोखरामा रहेका पर्यटकलाई खानाका लागि समस्या नहुने बरालले बताए । होटलमा बस्ने गरेका पर्यटकलाई कुनै समस्या नभए पनि होस्टेलमा बस्ने गरेका पर्यटकहरुलाई लकडाउन पछि खाना खान अप्ठेरो भएको थियो ।

होटल ग्लासिएरका सञ्चालक राजेन्द्र ढकालले आफ्नो रेष्टुरेण्टमा आउने पर्यटकलाई निःशुल्क खाना दिने व्यवस्था मिलाएको बताए । ‘पर्यटकले ३ मिटर परबाट अडर गर्नेछन्,’ ढकालले भने ‘१० देखि मिनेट २० मिनेटसम्ममा तयार भएपछि लिएर जानुपर्ने छ । बसेर खान पाइदैन ।’

You might also like

Comments are closed.