पोखरामा ईक्यान शैक्षिक मेला शुरु, बिधिको शासन लागू नभएसम्म विकास र समृद्धी आउँदैन : प्रदेश प्रमुख कुँवर

पोखरा, २६ मंसीर

पोखरामा ईक्यान फेयर शुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले बैदेशिक शिक्षाका लागि बिदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर आयोजना गरेको ‘इक्यान शैक्षिक मेला’ अर्थात ईक्यान फेयर शुरु भएको हो । पोखरा सभागृहमा मंसीर २८ गतेसम्म जारी रहने फेयरको गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख कुँवरले नेपालका राजनीतिज्ञ र विद्वानहरुले मीठा भाषण गरेपनि त्यो ब्यबहारमा नउतार्दा देशको अवस्था यो हालतमा पुगेको बताए । उनले भने,‘हाम्रो देशका राजनीतिज्ञ र विद्वानहरु बोल्छन् मात्रै, ब्यबहारमा उतार्दैनन्, त्यहि भएर देशको अवस्था यो हालतमा आईपुगेको छ ।’ उनले विधिको सासन लागू नभएसम्म देशमा विकास र समृद्धी नआउने ठोकुवा गरे । उनले भने,‘विकास र समृद्धी अहिलेको जसरी आउन सक्दैन, त्यसका लागि त विधिको सासन हुनुपर्छ, तर हाम्रोमा संविधान र कानून बनाउने तर कार्यान्वयन नगर्ने स्थिति छ, जसले संविधान र कानून् बनायो त्यसैले पालना नगर्ने परम्परा छ, यसरी त न विकास हुन्छ न त समृद्धी नै आउँछ ।’

jutta mela

प्रदेश प्रमुख कुँवरले कानूनलाई जस्ताको तस्तै पालना हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । सोसाइटीले कानून वा कानूनले सोसाइटीलाई नडोहो¥याउने हो भने देशको भयावह स्थिति हुने भन्दै उनले भने,‘कि कानूनद्वारा सोसाइटी चेञ्ज गर्न सक्नुपर्छ, होइन भने सोसाइटीले कानून चेञ्ज गर्नुपर्छ ।’ नेपालमा पनि सोसाइटीले कानून वा कानूनले सोसाइटीलाई परिवर्तन गर्न नसक्दा देशको अवस्था भयावह स्थितिमा आएको उनको भनाई थियो ।

प्रदेश प्रमुख कुँवरले बैदेशिक शिक्षा दिने शैक्षिक परामर्श केन्द्रहरुलाई विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिने क्रममा देशभक्ति र राष्ट्रियताबारेपनि काउन्सिलिङ गर्न आग्रह गरे । अध्ययन सकेपछि पनि बिदेश बस्नु नेपालको लागि हितकर नहुने भन्दै उनले अध्ययन सकेर नेपाल र नेपालीको हितका लागि राष्ट्रियता र देशभक्ति देखाएर फर्कनुपर्छ भन्ने भावना जगाउनुपर्ने बताए ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले नेपालमा शिक्षामा प्रत्यक्ष बैदेशिक लगानी भित्राउने षडयन्त्र भइरहेको भन्दै त्यो कदापी स्विकार्य नहुने चेतावनी दिए । उनले भने,‘यहाँ हामी नै शैक्षिक परामर्श दिन सक्षम छौं, तर जबरजस्ती रुपमा फरेन डाइरेक्ट ईन्भेष्टमेन्ट (एफडिआई)को लगानी भित्राउने प्रयास भइरहेको छ, यसको विरोध गर्छौं, जबरजस्ती गरे प्रतिवाद गर्छौं र कुनैपनि हालतमा भित्राउन दिदैनौं ।’ उनले आफूहरु स्वस्थ हिसाबले ब्यबसाय गर्न खोजेको बताउँदै नीति निर्देशिका बनाएर शैक्षिक परामर्श दातृ संस्थाहरुलाई बाँध्नसकिने उल्लेख गरे । अध्यक्ष पाण्डेले शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त र ईक्यानमा आबद्धबाहेक अन्यले शैक्षिक केन्द्र खोल्न नपाउने नियम बनाउनका लागि पहल भइरहेको जानकारी दिए ।

उनले नेपाललाई शैक्षिक हब बनाउन सकिने बताए । ठूलठूला लगानीमा शैक्षिक कलेज तथा विश्वविद्यालय खोलेर विदेशबाट नेपालमा अध्ययनका लागि आउनेसक्ने वातावरण बनाउन सकिने उनको भनाई थियो ।

ईक्यानका केन्द्रीय महासचिव शेषराज भट्टराईले केहि पहिलेसम्म नेपालका औंलामा गनिने परिवारका छोराछोरी मात्र अध्ययनका लागि विदेश जानसक्ने अवस्था रहेपनि शैक्षिक परामर्श दातृ संस्थाकै कारण अहिले सामान्य वा मध्यम परिवारका छोराछोरीहरु पनि शिक्षाका लागि विदेश जानसक्ने वातावरण बनेको बताए । उनले स्वार्थ समूहले ईक्यान फुटाउन खोजेको भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिए ।

तीन दिनसम्म चल्ने शैक्षिक मेलामा पेभेलियनसहित ७० वटा स्टल रहेका छन् । अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुने ईक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । एउटै छानामुनी विश्वभरका नामी कलेजहरुले दिने शिक्षा, छात्रवृत्ति तथा सम्बन्धित देशको अवस्था, भिसा प्रोसेसलगायतबारे जानकारी दिने उद्धेश्यले मेला आयोजना गरिएको उनले बताए ।

शैक्षिक मेलामा विद्यार्थीसहित अभिभावकपनि सहभागी गराउने उद्धेश्यले मेला निःशुल्क गरिएको ईक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले बताए । उनले मेलामा बढी भन्दा बढी सहभागि गराउने उद्धेश्यले पोखराका विभिन्न कलेज पुगेर मौखिक जानकारी गराउनुका साथै पर्चा पम्प्लेटसमेत वितरण गरिएको जानकारी दिए ।

गण्डकी प्रदेश स्तरीय शैक्षिक मेलाबाट १० लाख संकलन गरेर ८ खर्च गरी २ लाख बचत गर्ने लक्ष्य रहेको ईक्यान सचिव रुद्रप्रसाद अर्यालले बताए ।

You might also like

Comments are closed.