पोखरामा कलेज अभियान

 

पोखरा । पोखराको रानीपौवा, तुलसीमार्गमा रहेको नेपाल मानव धर्म सेवा समितिको युवा विन्ङ गण्डकी प्रदेशले पोखराका विभिन्न कलेज पुगेर ‘धर्म र विज्ञान’ विषयक तीन दिने अन्तरकियात्मक कार्यक्रम गरेको छ  ।

युवालाई लक्षित गदैं जीवन,आध्यात्म र विज्ञान विषयक कार्यक्रम गरेको संस्थाका कास्की प्रमूख पिताम्बर बाइजीले जानकारी दिए । उनले कार्यक्रममा आत्मा, परमात्मा र सत्कर्मको फलको रह्स्य बारे बिशेष कक्षाहरु पनि संचालन भएको बताए ।

jutta mela

कार्यक्रमका प्रशिक्षक तथा प्रमूख वक्ता डा. जय प्रकाश  अग्रवालले ध्यान र योगको महत्व सहित गरिएको कार्यक्रम प्रभावकारी रहेको बताए । उनले यूवालाई आध्यात्मिक ज्ञान अनिवार्य रहेको बताउदै सम्पूर्णलाई आध्यात्मिक जीवनतर्फ अग्रसर हुन  आग्रह गरे ।

भदौको १३ गतेदेखि १५ गतेसम्म भएको कार्यक्रम लाग्रान्डी कलेज, कान्तिपुर होटल म्यानेज्मन्ेट कलेज, माउन्ट भ्याली कलेज, पोखरा इन्जिनयरिङ कलेजमा  भएको थियो । कार्यक्रममा दुई सय युवाको सहभागिता रहेको कार्यक्रम संयोजक ओम उपाध्यायले बताए ।

You might also like

Comments are closed.