पोखरामा गुनासो सुन्न हटलाइन नम्बर ११८१ र ११८६ जडान

पोखरा, १४ वैशाख
पोखरा महानगरपालिकाले नगरवासीको गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ र ११८६ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ ।

वैशाख ३ गतेदेखि ११८१ नंवर सञ्चालन भएकोमा अर्को नम्बर ११८६ आइतबारदेखि सञ्चालनमा आएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले बताए ।

समस्यामा परेका व्यक्तिहरुको उद्वार गर्नुपरेमा पनि ११८१ र ११८६ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले जनाएकोे छ ।

You might also like

Comments are closed.