पोखरामा ‘टिभीएस अर्बिटर’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् मुख्य विशेषताहरू

  • १५८ किमी रेन्जः क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट र ३४ लिटरको विशाल बुट स्पेस ।
  • १४ इन्च अगाडिको ह्विलः उत्कृष्ट आराम, सुविधा र उच्च स्थिरता ।
  • आधुनिक डिजाइनः लामो सिट र पर्याप्त लेगरुम ।

पोखरा । टिभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले पोखरामा बहुप्रतीक्षित नयाँ इलेक्ट्रिक स्कुटर ‘टिभीएस अर्बिटर’ सार्वजनिक गरेको छ । दैनिक यात्रालाई सहज, सुरक्षित र दिगो बनाउने उद्देश्यले ल्याइएको यो स्कुटरले १५८ किलोमिटरको रेन्ज, ३.१ किलोवाट आवरको ब्याट्री र ३४ लिटरको विशाल बुट स्पेस प्रदान गर्दछ ।

यस स्कुटरमा उद्योगमै पहिलो पटक १४ इन्चको अगाडिको ह्विल प्रयोग गरिएको छ, जसले नेपालका विविध सडकहरूमा उत्कृष्ट ग्रिप र सहज नियन्त्रण सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । स्कुटरमा एलइडी हेडलाइट, इनकमिङ कल डिस्प्ले, मोबाइल एप कनेक्टिभिटी, दुर्घटना तथा चोरी अलर्ट, नेभिगेसन र हिल होल्ड असिस्ट जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन् ।

स्कुटर सार्वजनिक कार्यक्रममा पोखराका लागि आधिकारिक विक्रेता स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले टिभीएस आईक्युबको सफलतापछि अर्बिटर सार्वजनिक गर्न पाउँदा आफूहरु उत्साहित रहेको बताए । ‘बलियो बिक्री तथा सेवा सञ्जालका साथ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने ।

त्यस्तै, जगदम्बा मोटर्सका राष्ट्रिय बिक्री प्रमुख सुशान्त आचार्यले नेपालको भौगोलिक अवस्था अनुसार व्यापक परीक्षण गरेर यो स्कुटर बजारमा ल्याइएको बताए । यसले नेपाली ग्राहकको आकांक्षा र दिगो मोबिलिटीको आवश्यकतालाई पूरा गर्ने उनका दावी छ ।
इको र पावर गरी दुई राइडिङ मोड रहेको यो स्कुटर नियोन सनबस्र्ट, कस्मिक टाइटेनियम र मार्टियन कपर गरी तीन आकर्षक रङमा उपलब्ध छ । सुरुवाती परिचयात्मक मूल्य २ लाख ८१ हजार ९०० कायम गरिएको छ ।

 

You might also like

Comments are closed.