पोखरामा पनि ऐक्यबद्धता ¥याली निकालियो

पोखरा, बैशाख १८

३६ औं प्रेस तथा स्वतन्त्रता दिवसको अवसरमा गण्डकी प्रदेशमा पनि बुधबार ऐक्यबद्धता ¥याली निकालिएको छ । नेपाल पत्रकार महासंघको आह्वान तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली’ निकालिएको हो । पोखराको चिप्लेढुंगाबाट शुरु भएको ¥याली न्यूरोडहुँदै पोखरा सभागृहमा पुगेर कोण सभामा परिणत भएको थियो ।

¥यालीमा पत्रकारसँग सम्बद्ध संघ संस्थाहरु नेपाल पत्रकार महासंघ कास्की, प्रेस संगठन, प्रेस युनियन, युवा पत्रकार सञ्जाल गण्डकी, फोनिज कास्की, सञ्चारिका समूह, कृयाशिल पत्रकार महिला समूह (डब्लु.डब्लु.जे.)लगायतको संस्थागत सहभागिता रहेको थियो । ¥यालीमा सहभागिहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर, पत्रकार माथिको धरपकड बन्द गर, गिरफ्तार गरिएका पत्रकार रिहा गर, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गरलगायतका नाराहरु लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

jutta mela

कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले प्रेस स्वतन्त्रता कुण्ठित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले दुई तिहाईको दम्भमा वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारिरहे त्यसबिरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारका लागि नभई नागरिकका लागि भएकाले यसमा सबैले आवाज उठाउनुपर्नेमा जोड दिए । उनले साइबर अपराधको नाममा पत्रकारमाथि धरपकड भइरहेको तथा पक्राउ परेकाहरुलाई रिहा नगरेको भन्दै तत्काल त्यस्ता हरकत बन्द गर्न आग्रह गरे । साथै उनले पक्राउ परेका पत्रकारको रिहाईको माग गर्दै विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नसमेत माग गरे ।

You might also like

Comments are closed.