पोखरामा हालसम्म कोरोना पोजेटिभ देखिएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । पोखरामा हालसम्म कुनैपनि बिरामीमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले पोखरामा कोरोना पोजेटिभ नदेखिएको स्पष्ट पारेको हो ।

पोखरामा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि पुनपरीक्षणका लागि काठमाडौं पठाइएको भन्ने समाचार विभिन्न सञ्चार माध्यमहरुमा आएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कोरोना नभेटिएको र त्यस्ता संक्रमण पुष्टि भए मन्त्रालयबाटै आधिकारिक रुपमा जानकारी दिइने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

You might also like

Comments are closed.