पोखरा इञ्जिनियरिङ कलेजको स्पोर्ट मिट

आर्थिक आवाज
पोखरा इञ्जिनियरिङ कलेज फिर्केले विगत वर्षमा झै यस वर्ष पनि वार्षिक स्पोर्ट मिट सम्पन्न गरेको छ । कलेजले ९ खेलमा विद्यार्थीहरुको अन्तर सेमेस्टर प्रतिस्पर्धा गराउदै आएको छ । पोखरा इञ्जिनियरिङ कलेजमा डिप्लोमा, व्याचलर र मास्टर गरी करिव एक हजार विद्यार्थीले अध्ययनरत छन् ।

स्पोर्ट मिटका विजेता खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी मेडल र रनिङ सिल्ड प्रदान गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वस्थ्य नागरिक उत्पादनका लागि राज्यले खेलकूद क्षेत्रमा लगानी गर्दै जाने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । खेलकूदको महत्व बुझेरै मुस्ताङमा हाइ अल्टिच्यूड रंगशाला निर्माण गर्न लागिएको मन्त्री पुनले बताइन् ।

पोखरा इञ्जिनियरिङ कलेजले फुटवल, फुटसल, वास्केटवल, व्याडमिण्टन सहित विभिन्न ९ वटा खेलकूदमा छात्रछात्राहरुबीच प्रतिस्पर्धा गरिएको थियो । स्पोर्ट मिटको समापनको कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनका निजी सचिव चन्द्रमणि सापकोटा, प्रिन्सिपल ई. लेखवहादुर गुरुङ कलेजका वरिष्ठ प्रशासक चिजकाजी गुरुङ लगायतकाले विजयी टिमलाई पुरस्कार ट्रफी मेडल र सिल्ड प्रदान गरेका थिए ।

jutta mela

स्वतन्त्र विद्यार्थी परिषद्का सभापति किशोर चन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सलिना गौतम र सञ्चालन परिषद्का सहसचिव सागर रानाभाटले गरेका थिए ।

You might also like

Comments are closed.