पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको साधारणसभा, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छः केसी

आर्थिक आवाज
पोखरा, २१ भदौ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ पोखराको १९औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीले सूचना तथा प्रविधिले फड्को मारेसँग नयाँ नयाँ इलेक्ट्रोनिक्स सामानहरु भित्रिने क्रम बढेको बताए । ‘प्रविधि क्षेत्रको प्रयोग बिना हामीलाई अगाडि बढ्न गाह्रो छ,’ उनले भने । देशका हरेक क्षेत्रमा निजी क्षेत्रको योगदान रहेको बताउँदै केसीले निजी क्षेत्रलाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

पोखरा भाँडा व्यवसायी समितिका अध्यक्ष बलराम तिमिल्सिनाले व्यवसायीलाई सहज हुने गरी नीति, नियमहरु बन्नुपर्ने बताए । एसोसिएसनका सल्लाहकार नारायण पौडेलले इमान्दार भएर व्यवसाय गर्नुपर्ने धारणा राखे । ‘व्यवसायमा दीगोपना र स्थायित्व आवश्यक छ,’ उनले भने

jutta mela

एसोसिएसनका अध्यक्ष उदयबहादुर केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष दधिराम दाहालले राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव नविन बरालले गरेका थिए । साधारणसभाले सचिव नविन बराल र कोषाध्यक्ष चेतनारायण पोखरेलको प्रतिबेदन सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा आजीवन सदस्य, सदस्यका छोराछोरी मध्य एसईईमा उत्कृष्ट नजिता ल्याउने छोराछोरी, विशेष योगदान पु¥याउने व्यवसायीलगायतलाई सम्मान गरिएको उपाध्यक्ष दधिराम दाहालले जानकारी दिए ।

You might also like

Comments are closed.