पोखरा उद्योग वाणिज्य संघको सदस्यता नवीकरण इसेवाबाट

आर्थिक आवाज
पोखरा । पोखरा उद्योग वाणिज्य संघको सदस्यता नवीकरण इसेवाबाट गर्न सकिने भएको छ । संघ र इसेवाका प्रतिनिधिबीच यससम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।

इसेवाका पोखरा शाखा सुपरभाइजर बिनोद बोहरा क्षेत्री र संघका कार्यसमिति सदस्य चिन्तामणि बास्तोलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सदस्यता नवीकरणसँगै अन्य कारोबार इसेवाबाट गर्न सकिने भएपछि सदस्यहरुलाई सजिलो भएको संघका कार्यसमिति सदस्य बास्तोलाले बताए । ‘संघलाई प्रविधिमैत्री बनाउने अभियानमा हामी छौं,’ उनले भने ।

You might also like

Comments are closed.