पोखरा चेम्बरको खेलकुद विभाग गठन

पोखरा ।

पोखरा चेम्बर अफ कमर्स, कास्की अन्तर्गत खेलकुद विभाग गठन गरिएको छ । विभागको अध्यक्षमा खगेन्द्र क्षेत्री, उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा अर्जुन परियार, सचिवमा सुविन तिमिल्सिना चयन भएका छन् । विभागको सदस्यहरुमा पूर्ण गुरुङ, बलबहादुर गुरुङ, प्रदिप गुरुङ, अनिमेस शाही, निर्मल क्षेत्री, सौगात पहारी र ध्रुव के.सी. रहेका छन् ।

पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष किसान सुनारले निजी क्षेत्रको भूमिकाले खेलकुदको विकास भएको बताए । बिग हाउसहरुले प्रायोजन गरेर खेलकुदका क्लबहरु विकास भएको उल्लेख गर्दै उनले निजी क्षेत्रले खेलाडीहरुलाई गोलबन्द गर्ने धारणा व्यक्त गरे ।

कास्कीमा सम्भाव भएसम्म खेलक्षेत्रको व्यवसायिकरण र विकासको लागि निजी क्षेत्र सक्रियतापूर्वक लागेको छ । कोरोनाको कारण सुरक्षा र स्वास्थ्य सतर्कता अपनाएर जिम हाउस, फुटसल, स्विमिङ पुलहरु खोल्नुपर्ने सुझाव दिँदै सुनारले चेम्बरले कास्कीमा जिम हाउस टे«डिङ सेन्टर जुम्बा, प्याराग्लाइडिङलगायतका क्षेत्रमा लगानी प्रवद्र्धनका अलवा उनीहरुको क्षमता विकासको लागि सहयोग गर्ने बताए ।

You might also like

Comments are closed.