पोखरा चेम्वर अफ कमर्स कास्की र इण्डिया इम्पोटर्स चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिज वीच समझदारी पत्रमा हस्ताक्षर

पोखरा, ५ चैत

पोखरा चेम्वर अफ कमर्स कास्की र इण्डिया इम्पोटर्स चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिज विच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा पोखरा चेम्वर अफ कमर्स कास्कीको तर्फ वाट अध्यक्ष किसान सुनार र इण्डिया इम्पोटर्स चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिजको तर्फ वाट अध्यक्ष ऐ.के सक्सेनाले हस्ताक्षर गरेका छन् ।

दुई राष्ट्र वीचको अर्थतन्त्र, व्यवसाय प्रर्वद्धन सम्वन्धमा समसामयीक आपसी समन्वय र सहयोग आदान प्रदान गर्ने सम्वन्धमा १० वुद्धामा , वुद्धागत सहमझदारी पत्रमा हस्ताक्षर भएको छ । स्थापना कालको छोटो समयमानै पोखरा चेम्वर अफ कमर्स कास्कीले अन्तराष्ट्रिय स्तरको समन्वय अभिवृद्धि गर्न सफल भएको छ ।

अध्यक्ष किसान सुनारले इण्डिया र नेपाल वीच त्यहाँका व्यापारिक संघ संस्थाहरु सँग वलियो सम्वन्ध वाट पोखराका व्यापारीक संघ संस्थाले सो समझदारी पत्रवाट लाभ लिन सक्ने र त्यसवाट राष्ट्रलाई समेत व्यवसायीक फाइदा हुने कुरा समेत उल्ले गर्नु भयो । समझदारी पत्र वाट पोखरा चेम्वर अफ कमर्स कास्कीले आफ्नो संस्था मार्फत व्यापारीक फाइदा मात्र होइन, समाजिक र साँस्कृतिक रुपमा समेत जोडिएर अन्तराष्ट्रिय स्तरमा नेपालको सँस्कृतिको समेत प्रर्वद्धन हुने वताए ।

 

You might also like

Comments are closed.