पोखरा ट्रेड बचत र सहज बचतको एकीकृत कारोबार

आर्थिक आवाज
पोखरा । पोखरा ट्रेड बचत तथा ऋण सहकारी संस्था र सहज बचत ऋण सहकारी संस्था मर्जरमा गएका छन् । हालै एक कार्यक्रमका बीच एकीकृत भई सहज ट्रेड बचत तथा ऋण सहकारी संस्था नामबाट कारोबार सुरु भएको छ ।

दुई सहकारीको संयुक्त भेलाले श्याम कृष्ण श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन भएको छ । उपाध्यक्षमा सरिता ताम्राकार, सचिवमा चिन्तामणि बास्तोला, कोषाध्यक्षमा माधव प्रसाद तिमिल्सिना चयन भएका छन् । सदस्यमा अमृत प्रसाद लालचन, विश्व तण्डुकार, राम कुमारी गुरुङ लेखा तथा सुपरीबेक्षण समिति संयोजकमा राजु श्रेष्ठ, सदस्यमा पारस द्वा, कमल कुमार प्रधान निर्वाचित भएको निर्वाचन संयोजक अधिबत्ता दामोदर पराजुलीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभासद बिन्दु कुमार थापाले वित्तीय संस्थाहरु मर्जर प्रकृया जानु आवश्यक रहेको बताए । सहकारी संस्था मात्र नभई सबै वित्तीय संस्थाहरु मर्जर प्रकृयामा आइसकेको उनले बताए । मर्जर वित्तीय संस्थाको लागि अवसर, चुनौती रहे पनि दीर्घकालमा फलदायी हुने बताए ।

jutta mela

कास्की बचत तथा ऋण सहकारी संघका सचिव दीपक प्रकाश आचार्यले मर्जरमा सबै सहकारी जानुपर्ने र एक सहकारी एक सदस्य नियम पालना गर्नुपर्ने बताए । कास्की जिल्ला सहकारी संघका संचालक दीपक बास्तोलाले सहकारीले सामाजिक उत्तरदायित्व पनि बढाउनु पर्ने धारणा राखे । संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निरज थापाले एकीकरणले सहकारीलाई थप बलियो बनाउने बताए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो अनुभव, सबैको सहयोगले सहकारीलाई एउटा नमुना रुपमा अगाडि बढाउने र मुख्य कार्यालय पोखरा ट्रेडमलमा राख्ने जानकारी दिए । सेवाकेन्द्र दरबारथोक साविकको कार्यालय रहने गरी सहकारीले सेवा दिने उनले बताए । कार्यक्रम संचालन प्रकाश बज्राचार्यले गरेको थिए ।

You might also like

Comments are closed.