पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) को खेल तालिका सार्वजनिक भएको छ । पोखरा प्रिमियर लिगको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मंसिर २८ गते शनिबारदेखि हुने खेलको तालिका बुधबार सार्वजनिक गरेको हो । प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।

खेल तालिका अनुसार उद्घाटनमा मंसिर २८ गते शनिबार पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन् । मंसिर २९ गते आइतबार विहान विराटनगर टाइटन्स र धनगडी ब्लुज आमनेसामने हुनेछन् भने दिउँसो काठमाडौं र बुटवल ब्लास्टर भिड्नेछन् ।

मंसिर ३० गते पोखरा पल्टन र चितवन राइनोज प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगिता अन्तर्गत पुष १ गते २ खेल हुनेछन् । सो दिन विहानको खेलमा काठमाडौं गोल्डेन्स र धनगडी ब्लुज आमनेसामने हुनेछन् भने दिउँसो विराटनगर टाइटन्स र पोखरा पल्टन प्रतिष्पर्धामा उत्रिनेछन् ।

jutta mela

पुष २ गते एउटा मात्रै खेल हुनेछ । जसमा बुटवल ब्लास्टर र चितवन राइनोज खेल्नेछन् । पुष ३ गते भने दुई खेल हुनेछन् । उक्त दिन विहान पोखरा पल्टन र बुटवल ब्लास्टर तथा दिउँसोको खेलमा धनगडी ब्लुज र चितवन राइनोज भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत पुष ४ गते विराटनगर टाइटन्स र काठमाडौं गोल्डेन्स आमनेसामने हुनेछन् । पुष ५ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोहि दिन दिउँसो बुटवल ब्लास्टर र धनगडी ब्लुज प्रतिष्पर्धामा उत्रिनेछन् ।

पुष ६ गते धनगडी ब्लुज र पोखरा पल्टन खेल्नेछन् । पुष ७ गते चितवन राइनोज र काठमाडौं गोल्डेन्स, पुष ८ गते बुटवल व्लास्टर र विराटनगर टाइटन्स खेल्ने भएका छन् । पुष ९ गते एक दिन ग्याप हुने क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका निर्देशक छुम्बी लामाले बताए ।

पुष १० गते इलिमिनेटर गेम हुनेछ । जसमा ग्रुप बि र ग्रुप सी बिच फाइनल प्रवेशका लागि खेल हुने निर्देशक लामाले जानकारी दिए । पुष ११ गते खेल हुने छैन ।

पुष १२ गते पोखरा प्रिमियर लिगको फाइनल खेल हुने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।

यसअघी कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म हुने बताइएको पोखरा प्रिमियर लिग मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म सारिएको हो । दक्षिण एसियाली खेलकुद (साग), मेरिलिबोन क्रिकेट क्लब (एमएमसी) को नेपाल भ्रमण तथा नेपाली यू(१९ टिमको भारत भ्रमण परेकाले पूर्व निर्धारित पिपिएलको खेल तालिका पछि सरेको हो ।

पोखरा प्रिमियर लिगको पहिलो संस्करण गतसाल पोखरामा सम्पन्न भएको थियो । पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो ।

You might also like

Comments are closed.