पोखरा फोटोग्राफर संघको टोली लमजुङको घलेगाउँ प्रस्थान

आर्थिक आवाज
पोखरा । पोखरा फोटोग्राफर संघको जम्भो टोली लमजुङको घलेगाउँ प्रस्थान गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संघको जम्भो टोली घलेगाउँ गएको हो । टोलीमा ५० जनाको सहभागिता रहेको पोखरा फोटोग्राफर संघका अध्यक्ष रविनाथ दाहालले जानकारी दिए ।

पोखराबाट हिंडेको टोली करापुटार, भोर्लेटार, रामबजार, बेशीशहर हुँदै घलेगाउँ पुगेर बास बस्ने भ्रमण संयोजक तथा पोखरा फोटो ग्राफर संघका पूर्व अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए । टोली शनिबार बेलुका फर्किने उनले बताए ।

भ्रमणका क्रममा भ्रमणमा सहभागिहरुले घलेगाउँसहित त्यस आसपासका क्षेत्र तथा भ्रमणको रुटमा पर्ने ठाउँहरुको तस्बिर खिच्ने संयोजक पौडेलले जानकारी दिए । उनले भने,‘भ्रमणको उद्धेश्य आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु हो, जसका लागि सहभागिहरुले आ–आफ्नो फोटोग्राफी कला पस्तुत गरेर तस्बिर लिनेछन् ।’

jutta mela

संघले विभिन्न समयमा यस्ता भ्रमण आयोजना गर्दै आएको छ । यसअघी बन्दीपुर भ्रमण गरेको संघले निकट भविष्यमा अन्य ठाउँको पनि भ्रमण गर्ने अध्यक्ष रविनाथ दाहालले बताए । भ्रमणका क्रममा खिचिएका फोटोहरु चैतमा प्रदर्शनी गरिने र सो समयमा उत्कृष्ट फोटोहरुलाई पुरस्कृत गरिने उनले बताए । भ्रमणमा सहभागिहरुले व्यक्तिगत खर्च बेहोर्ने तर फोटो प्रदर्शनीमा भने नेपाल पर्यटन वोर्डसँग सहकार्य हुने अध्यक्ष दाहालले बताए ।

You might also like

Comments are closed.