आर्थिक आवाज
पोखरा, २८ पुस । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा आउने अधिकांश दर्शकहरुले अर्गानिक कृषि उत्पादनका सामाग्रीहरु रुचाएका छन् । शहरमा बस्नेहरुले पछिल्लो समय ग्रामीण भेगमा विशुद्ध गाइभैसीको मलमा उत्पादन गरिएका कृषि जन्य सामग्री उपभोग गर्ने क्रम बढिरहदा पोखरा महोत्सवमा राखिएको अर्गानिक कृषि उत्पादनलाई महोत्सवमा आउने दर्शकहरुले रुचाएका हुन् । बांसटारी अर्गानिक कृषि फर्म पोखरा ५ पस्र्याङबाट उत्पादन गरिएका कृषि जन्य सामग्री किन्न महोत्सवमा आउनेको भीड नै लाग्ने गरेको छ ।
फर्मबाट उत्पादन गरिएका साग, काउली, बन्दा, ब्रो काउली, सिमी, हिउदे सिमी, आलु, लसुन, प्याज, धनिया, अदुवा, लगायतका कृषिजन्य उपज किन्नमा महोत्सवमा आउनेको भीड लागेको महोत्सव अर्थ स्टल ब्यवस्थापन संयोजक गणेश तिमिल्सिनाले बताए । पोखरा महोत्सव मनोरन्जनमा मात्र नभइ स्थानीय उत्पादनहरुको प्रवद्र्धनका लागि समेत भएकाले आफूहरुले कृषिजन्य बस्तुलाई बिक्री वितरण गर्नका ला िअर्गानिक उत्पादनको प्रवद्र्धन गर्नका लागी बांसटारी अर्गानिक कृषि फर्मले ८ रोपनी क्षेत्रफलमा गाइ भैसीको मलमात्र प्रयोग गरी कृषिजन्य सामग्रीहरु उत्पादन गरिरहेको र सोही उत्पादनलाई पोखरा महोत्सवमा ल्याएइएको कृषि फर्म सञ्चालक इन्द्र बहादुर राना मगर र संगीता राना मगरले बताए ।
उनीहरुले आफ्नो फर्ममा उत्पादन भएका सामग्रीसंगै माघे सक्रान्तिलाई लक्षित गरी घर तरुल, बन तरुल र सखरखण्ड समेत बिक्रीका लागि राखेका छन् । शनिबार मात्रै सय किलोको हाराहारीमा घर तथा बन तरुल र सखरखण्ड बिक्री गरिएको र उक्त सामग्रीहरु दमौली, मुलपानी, बन्दीपुर, पार्चे, हल्ठुङ्गा लगायतका क्षेत्रबाट ल्याइएको राना मगरले वताए ।
महोत्सवमा आउने दर्शकलाई अर्गानिक कृषिसंगै अर्गानिक खाना र गाउले स्वाद चखाउने उद्देश्यले राखिएको होम स्टेले समेत दर्शकको मन तान्न सफल भएको छभने महोत्सव स्थलमा राखिएको पोखराको लेखनाथमा निर्माणधीन चिडियाखानाको स्याण्ड मोडेलले समेत दर्शकलाई आकर्षित पार्न सफल भएको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले जानकारी दिए ।
महोत्सवको दोश्रो दिन चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा महोत्सवमा आउने दर्शकले भरपुर मनोरन्जन लिए । खाँडसंगै प्रजापति पराजुली, शिवहरि ढुंगाना, तुलसा जिसी, टेक क्षेत्री, सरस्वती लामिछाने, ईश्वर सिंह र करन तामाङको प्रस्तुती रहेको थियो । लाइभ कन्सर्ट तर्फ स्थानीय आत्मसर्ग र चर्चित र्यापर लाहुरेको प्रस्तुतीले शनिबारको सांझका दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगितामा लमजुङले मुस्ताङलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ । महोत्सवमा शनिबार पार्वती गुफा हरिकृतन भजन समूह पर्वतको बालन भजन र घासीकुवा युवा क्लबद्वारा मगर संस्कृतिमा आधारित चर्चित कौराको प्रत्यक्ष नाचले महोत्सवका दर्शकलाई थप मनोरन्जन प्रदान गरेको महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
महोत्सवको तेश्रो दिन आइतबार लोकदोहोरी तर्फ राजु गुरुङ, प्रजापति पराजुली, शिवहरि ढुंगाना, घनश्याम रिजाल, जीवन दाहाल, केशव देवकोटा, प्रेमराज अधिकारी, सरला पाण्डे, मन्जु बिकको प्रस्तुती रहनेछभने प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगितामा तनहु र पर्वतको दोहोरी घम्साघम्सी रहने छ । आइतबार सांझ लाइभ कन्सर्ट तर्फ अन्तर्राष्ट्रिय ख्याती प्राप्त ब्याण्ड पुष्पन प्रधानको ब्याण्डको प्रस्तुती रहनेछ । महोत्सवको प्रत्येक दिन बिहानमा तरेली सांस्कृतिक परिवारको सांस्कृतीक नृत्य रहनेछ । महोत्सवमा आइतबार गुरुङ संस्कृतीमा प्रचलित रोधीलाई सल्यान खनडांडा टाँउ घरेडी तमु समाजले प्रत्यक्ष प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
Comments are closed.