‘पोखरा महोत्सवलाई अब सांस्कृतिक महोत्सवको पर्याय बनाउनुपर्छ’

राजु श्रेष्ठ
बरिष्ठ उपाध्यक्ष, युनाइटेड क्लब, पोखरा

युनाइटेड क्लब पोखराको आयोजनामा पोखराको अमरसिंहचौरमा दसौं संस्करणको पोखरा महोत्सव मंगलबारबाट जारी छ । महोत्सवका सन्र्दभमा केन्द्रित रहेर क्लबका वरिष्ठ उपाध्यक्ष एवं सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

महोत्सवमा हामीले हरेक वर्ष नयाँपन दिने प्रयास गरेका छौं । यस वर्षपनि हामीले फरक केही दिने प्रयासलाई जारी राखेका छौं । पछिल्लो पटक महोत्सवप्रति आज सर्वसाधारणको चासो कम हुँदै गएको छ । अझ भनौं महोत्सवको क्रेज घट्दो अवस्थामा छ । त्यसैले महोत्सवलाई शभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि परिमार्जित गर्दै दर्शकको मन जित्न जरुरी छ ।

पोखरा महोत्सवलाई अब सांस्कृतिक महोत्सवको पर्याय बनाउनपर्छ । संस्कृति संरक्षण गर्दै जाति जनजातिलाई अपनत्व दिलाएर सांस्कृतिक महोत्सव बनाउनुपर्ने आवश्यक्ता देखेको छु । यसो गरियो भनेमात्र महोत्सवको अस्तित्व पनि रहने र सँधै अग्रणी स्थानमा रहन्छ ।

jutta mela

युनाइटेड क्लबले चिडियाखाना निर्माण गरिरहेको छ । अब चिडियाखाना निर्माणमा सरोकारवालालाई सँगसँगै लिएर अघि बढ्नुपर्छ र त्यसरी अगाडि बढ्ने सोंचमा क्लब रहेको छ । स्थानीयबासी, स्थानीय, प्रदेश र संघ सरकारसहित क्लब चिडियाखाना निर्माणमा सँगसँगै हुनुपर्छ ।

युनाइटेड क्लब अब शाखा बिस्तारमा पनि लाग्छ । अबको नेतृत्वले त्यसबारे सोंचेर अघि बढ्नुपर्छ । क्लबले आफ्नै जग्गामा भवन बनाउनुपर्ने खाँचो पनि रहेको छ । त्यसबारेपनि नेतृत्वले सोंचेर अघि बढिरहेको छ ।

You might also like

Comments are closed.