पोखरा रोयलको नाफा ५ करोड ८० लाख, एटिएम सेवाको तयारी

पोखरा, ३ साउन । पोखरा रोयल सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७४÷७५ मा ५ करोड ८० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । गण्डकी प्रदेशको उत्कृष्ट सहकारीमा पर्न सफल पोखरा रोयलले १ अर्ब ९५ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको मुख्य प्रवन्धक मीलन ढकालले जानकारी दिए ।

सहकारीको तरलता २५ करोड ४७ लाख रुपैयाँ, वित्तीय लगानी ५ करोड १८ लाख रुपैयाँ, स्थिर सम्पत्ति २ करोड ७६ लाख रुपैयाँ, नाफा ५ करोड ८० लाख रुपैयाँ, कुल सम्पत्ति १ अर्ब ४४ करोड रुपैयाँ रहेको ढकालले जानकारी दिए । ‘जगेडा कोषमा ६ करोड ८१ लाख रुपैयाँ छ,’ ढकालले भने, ‘ऋण जोखिम कोष ५ करोड ३४ लाख रुपैयाँ र अन्य कोषमा ७३ लाख रुपैयाँ छ ।’

४ हजार ५ सय ५४ जना सेयर सदस्य रहेको सहकारीको शेयर रकम १७ करोड ४२ लाख रुपैयाँ छ । ३४ जनालाई रोजगारी दिन सफल सहकारीका २ वटा सेवाकेन्द्र छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको सहकारीले साक्षरता अभियानबाट सयौं महिलाहरुलाई साक्षर बनाउन सफल छ । सेयर सदस्यहरुको सहजताका लागि सहकारीले छिट्टै एटिएम सेवा सुरु गर्ने तयारी गरेको छ । असोजको २७ गते १७औ साधारणसभा तोकिएको ढकालले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.