पोखरा रोयल सहकारीका ४६ जना कर्मचारीको कोरोना बिमा

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्पूर्ण कर्मचारीको कोरोना बिमा गराएको छ । विश्वव्यापी त्रास फैलाएको कोरोना संक्रमणको जोखिम नेपालमा समेत बढेपछि सहकारीमा आबद्ध ४६ जना कर्मचारीको कोरोना बिमा गरिएको प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए ।

सहकारीले शिखर इन्स्योरेन्स पोखरा शाखामार्फत कर्मचारीको बिमा गराएको हो । कर्मचारीमा कोरोना पोजेटिभ देखिएमा बिमा कम्पनीले १ लाख रुपैयाँ तत्काल भुक्तानी दिने गरी बिमा गरिएको प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

कोरोना बिमा न्युनतम ५० हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँको गर्न सकिन्छ । बिमा शुल्क प्रतिव्यक्ति ३ सय रुपैयाँ र ६ सय रुपैयाँ लाग्छ । ३ महिनादेखि ९९ वर्षसम्मका व्यक्तिले बिमा गराउन सक्छन् ।

You might also like

Comments are closed.