पोखरा सडक महोत्सव जारी, डुङगा दौडमा फिस्टेल घाट पहिलो

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराद्वारा आयोजित २१आंै पोखरा सडक महोत्सव जारी छ । पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा भएको मेला हर्न आउने दर्शकहरुको संख्या बढ्दै गएको छ । आइतबार दिउसो पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकारको प्रस्तुतिमा दर्शकहरु रमेका छन् ।

आइतबार दिउसो लोकदोहोरी र हास्य कलाकारले मनोरञ्जन दिए भने साँझ लाइभ कन्सर्टमा रमेको सडक महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए । आइतबार लोकदोहोरीतर्फ देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षेत्री, बद्री पंगेनी, जीवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजालको प्रस्तुति दिएका थिए । हास्य कलाकार सापटे र भटभटेले मनोरञ्जन प्रदान गरे ।

लाइभ कन्सर्टतर्फ अभय एण्ड द स्टिम इन्जिनको प्रस्तुतिमा रमाएका छन् । सोमबार लोकदोहोरीतर्फ प्रीति आले, निशा पोख्रेल, सीता परियार, कमला ग्रैहे, वसन्त थापा, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ र रामजी पौडेलको प्रस्तुति रहनेछ । हास्य कलाकारतर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली, मनोज गजुरेलको प्रस्तुति रहने बरालले बताए । साँझ लाइभ कन्सर्टमा सबिन राईको प्रस्तुति रहने छ ।

सडकमै खाऊ, सडकमै रमाऊ, भन्ने नाराका साथ भएको महोत्सवमा रेष्टुरेण्टहरु सडक पेटि मै राखेर लेकसाइडलाई झिलिमिलि बनाएको छ ।

यसैबीच, पोखरा सडक महोत्सवको अवसरमा आयोजित डुङगा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो भएको छ । फिस्टेल घाटबाट सहभागी दीपेन्द्र परियार, आशिस परियार र अमिस परियारले पहिलो हुँदै नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।

बाराही घाट इबाट सहभागी दीपेश परियार, पूर्ण मगर र जीवन मगरको समूहले दोस्रो स्थान प्राप्त ग¥यो । उनीहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । बाराही घाट डिबाट केवल चौधरी, लेख माझी र गणेश माझीले तेस्रो हुँदै ५ हजार नगद जित्न सफल भए । गौरीघाट समूहबाट गौतम भुजेल, सुवास सुबेदी र अमृत नेपालीले सान्तोना पुरस्कार नगद २ हजार जित्न सफल भए ।

प्रतियोगितामा ११ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, रेवान पोखरा अध्यक्ष भीमसेन भुजेल, महोत्सवका संयोजक लक्ष्मण बराल, पूर्व अध्यक्ष चौ बहादुर गुरुङ, महोत्वसका सहसंयोजक वसन्त गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।

You might also like

Comments are closed.