पोखरेली आयुर्वेदिक व्यवसायीहरु संगठित हुँदै

 

पोखरा, २९ जेठ

पोखरेली आयुर्वेदिक व्यवसायीहरु संगठित हुने भएका छन् । पोखराका विभिन्न क्षेत्रमा छरिएर रहेर आयुर्वेदिक औषधी व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित हुन लागेका हुन् । केहि समय अगाडि मात्र कृष्णप्रसाद तिमिल्सिनाको संयोजकत्वमा नेपाल आयुर्वेद व्यवसायी संघ, कास्की शाखा गठन गरेका उनीहरु अहिले अधिवेशनको तयारीमा जुटेका हुन् । पोखरामा ऐतिहासिक रुपमा पहिलो अधिवेसन यहि जेठ ३२ गते शनिबार गर्न लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । अधिवेशनले ९ सदस्यीय कार्य समिति चयन गर्ने तदर्थ समितिका संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

jutta mela

आयुर्वेदिक औषधालयको क्षेत्रलाई प्रवद्र्धन गर्दै व्यवसायीक हक, हित र अधिकारका लागि आफूहरु संगठित हुन लागेको संयोजक तिमिल्सिनाले बताए । आयुर्वेद उपचारबाटै मानिसका रोगहरु निको पार्न सकिने भएपनि राज्यबाट संरक्षण अभाव, यस उपचारबारे आम मानिसमा विश्वास दिलाउन नसक्नुलगायतका समस्या समाधान गर्दै यसको विकास र बिस्तारका लागि संघले भूमिका खेल्ने बताए ।

पोखरामा एक सय भन्दा बढी आयुर्वेदिक औषधी पसलहरु छन् । खास गरेर पोखराको तेर्सापट्टमा सबैभन्दा धेरै आयुर्वेदिक पसलहरु छन् भने न्यूरोड, ईन्द्रचोक, अर्घौं, तालचोकलगायतका क्षेत्रमा पनि छन् । पोखराको तेर्सापट्टीमा साईंला वैद्यबाट वि.स. १९८० को दशकबाट शुरु भएको आयुर्वेदिक औषधी पसलमा हाल २५ करोड भन्दा बढीको लगानी रहेको दाबी संघको छ । नेपालमा भने करीब १० हजार आयुर्वेदिक औषधी पसलहरु रहेको बताईन्छ ।

नेपालमा बिक्री हुने आयुर्वेदिक औषधी मध्ये आन्तरिक २० प्रतिशत र बाह्य ८० प्रतिशत खपत हुने अञ्चल आयुर्वेद अस्पताल पोखराका प्रमुख डा.ओम कोलोनीले जानकारी दिए । उनका अनुसार नेपालमा करीब ७ अर्ब बराबरको आयुर्वेदिक औषधी वार्षिक रुपमा खपत हुँदा नेपालको उत्पादन डेढ अर्ब बराबरको मात्रै खपत हुनेगर्छ । नेपालमा उत्पादन हुने कच्चा पदार्थको प्रशोधन यहिं उत्पादन गर्ने हो भने यहिंको उत्पादनले नेपालको माग धान्ने नेपाल आयुर्वेदिक व्यवसायी संघ, कास्कीका तदर्थ समिति संयोजक कृष्णप्रसाद तिमिल्सिनाले बताए । नेपालमा सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्य खानालगायतका कम्पनीले औषधी उत्पादन गर्दै आएको छ । नेपालमा विरामी मध्ये ९० प्रतिशत एल्लोपेथिक र १० प्रतिशतले आयुर्वेदिक उपचार गर्ने अनुमान गरिएको डा.कोलोनीले बताए ।

You might also like

Comments are closed.