पोखरेली ट्याक्सीले बुझायो यातायात मन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । पोखरेली ट्याक्सी सेवा प्रा.लिले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई यातायत व्यवसायीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

भाडा, समग्र यातायात व्यवसाय लगायत अहिलेको बिषम परिस्थितिका बारेमा जानकारी गराउन र समस्या समाधान गराउनतर्फ लाग्नको लागि ध्यानाकर्षण पत्र बुझाएको पोखरेली ट्याक्सी सेवा प्रा.लिका अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए ।

मन्त्रीबाट पनि सकारात्मक प्रतिक्रिया आएको र छिट्टै निकास निकाल्नतर्फ लाग्ने प्रतिवद्धता व्यक्त भएको तिवारीले बताए । ध्यानकर्षण पत्र बुझाउने कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला लगायत सहभागी थिए ।

You might also like

Comments are closed.