काठमाडौं । पोख्रेली पानीको ब्राण्ड पिउरोले बजार विस्तार गरेको छ । गत पुसबाट पोखरामा उत्पादन सुरु भएको पिउरोले काठमाडौंमा बजार विस्तार गरेको हो ।
काठमाडौंमा ‘डिजिटल प्रोडक्ट लन्चिङ’ गर्दै कम्पनीले बजार विस्तार गरेको हो । अनलाइन सपिङ स्टोर ग्यापु डटकममा डिजिटल लन्चिङ गरिएको हो । पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि पसलहरुमा उपाब्ध हुने कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्काले जानकारी दिए ।
पिउरोको उत्पादन ज्ञान फुड एण्ड बेभरेज प्रालिले गरेको हो । उपत्यकामा पिउरो एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ । ‘गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पिउराले राजधानीबासीको मन र विश्वास पनि जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ खड्काले भने । खाद्य तथा गुणस्तर नियन्त्रण विभागले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गरी कम्पनीले पानी उत्पादन गरिरहेको खड्काले जानकारी दिए ।
‘खाद्यको टिम अनुगमनमा आउँदा एक महिनाको अन्तरमा गुणस्तर परीक्षण गरेको ल्याब रिपोर्ट फ्याक्ट्रीमा राख्न भने पनि हामीले हरेक हप्ता परीक्षण गर्दै आएका छौं र ग्राहकलाई समेत ल्याब रिपोर्ट उपलब्ध गराउँछौं,’ उनले भने ।
पिउरोले इच्छुक हरेक ग्राहकलाई फ्याक्ट्री भिजिट गराउँदै आएको खड्का बताउँछन् । ‘हामी ग्राहकको स्वास्थ्यप्रति सचेत छौं । त्यसैले लुकाउनु पर्ने केही छैन । साथै अहिले कोभिड १९ विषम परिस्थितिमा थप स्वास्थ सुरक्षाका सावधानी अपनाएर काम गरेका छौं,’ उनले भने ।
पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काले जानकारी दिए । पिउरोले पोखरा र आसपासका सहरमा एक लिटर बोतलसँगै बीस लिटरको जार पनि बिक्री गर्दै आएको छ ।
Comments are closed.