‘प्रतिष्पर्धी बजारमा अब्बल दरिन योजनाबद्ध ढंगले लागेका छौं’

केशवबहादुर खत्री
अध्यक्ष
बुद्ध बिशालबजार व्यापारिक एशोसियसन

पोखराको पुरानोे बजार बुद्ध बिशालबजार व्यापारिक एशोसियसनको अध्यक्षको जिम्मवारी अहिले केशवबहादुर खत्रीको काँधमा छ । शनिबार एसोसिएसनको २१औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनसमेत हुँदैछ । खत्रीले समितिको जिम्मेवारी लिएपछि धेरै सुधारका कार्यहरुसमेत भएका छन् । यसैक्रममा एसोसिएसनका गतिविधि, बजारको अवस्था, आगामी योजना लगायत विविध विषयमा केन्द्रित रहेर अध्यक्ष खत्रीसँग आर्थिक आवाजले गरेको कुराकानीः

एशोसियसनको उद्देश्य के हो ?
बुद्धबिशाल बजार भित्र रहेका सम्पूर्ण व्यवसायी सदस्यहरुज्यूहरुलाई एकत्रित गरेर उहाँहरुको व्यावसायिक समस्यालाई सहजीकरण गर्ने, समाधान गर्न एशोसियसन खोलेका हौं । यसका साथै व्यवसायी साथीहरुको हक, हित र अधिकार स्थापित गर्दै सरकारी क्रियाकलापमा आइपर्ने समस्याको समाधान गर्ने, घर भाडामा आउने समस्या सुल्झाउने तथा पोखरामा एशोसियसनलाई उच्च स्थानमा पु¥याउने हाम्रो मुख्य उद्देश्य हो ।

आफ्नो कार्यकाललाई कसरी सम्झनुहुन्छ ?

jutta mela

मेरो यो कार्यकाललाई म ऐतिहासिक भन्न रुचाउँछु । मैले आफू अध्यक्ष हुने बेला गरेका प्रतिबद्धता पूर्णता हुने क्रममा रहेका छन् । मेरो कार्यकालको सबैभन्दा ठूलो उपलब्धी भनेको बुद्धबिशालबजार ब्यापारिक एशोसियसन र व्यवस्थापन समितिबीच ऐतिहासिक सहमति भएको छ । यसअघि ७ वर्षे भाडा सम्झौता हुँदै आएकोमा मेरै कार्यकालमा १० वर्षे बनाउन सफल भएका छौं । यो ठूलो उपलब्धी हो ।

एशोसियसनलाई कस्तो बनाउने सपना देख्नुभएको छ ?

एशोसियसनलाई आर्थिक रुपमा बलियो बनाउने सपना देखेको छु । व्यवसायीलाई होस् वा कर्मचारीलाई समस्या परेका बेला सारथी बन्न सकियोस् र समस्याबाट मुक्त पार्न सकियोस् । त्यस्तै हाम्रो एशोसियसनलाई सामाजिक रुपमा पनि सबल र सक्षम बनाउँदै पोखराको उदाहरणीय संस्थाको रुपमा स्थापित गर्ने सपना साँचेको छु । ताकि सबैले बुद्धबिशालबजार जस्तो संस्था बनाउन पाए हुन्थ्यो भन्ने लक्ष्य राख्ने खालको होस् ।

त्यो सपना पूरा गर्न उत्तराधिकारी तयार गर्ने कि फेरी पनि आफैले नेतृत्व गर्ने सोचाईमा हुनुहुन्छ ?

त्यो सपना आफैले पूरा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । यद्वपि अरु कसैले गरेपनि मलाई आपत्ति छैन । मेरो व्यक्तिगत चाहना नहुँदा नहुँदै पनि विहेको बेहुली झैं सजाउँदै सुन्दर वातावरणमा ग्राहकमैत्री बनाउँदै लैजाने काम अगाडि बढिरहेको अवस्थामा त्यसलाई पूर्णता दिनका लागि अधिकांश व्यवसायीहरुले मलाई नै नेतृत्व लिन दवाब भनौं वा सुझाव दिइरहनुभएको छ । यो मप्रतिको विश्वास हो । त्यसैले मैले त्यसलाई चाहेरपनि नकार्न सक्दिनँ । त्यसैले साथीहरुले दिएको सुझावलाई मैले आफ्नो दायित्वको रुपमा लिएर नेतृत्व लिनुपर्छ कि भन्ने सोंचाई बनाएको छु ।

पुरानो विशालबजारलाई नयाँ रुप दिन लाग्नु भएको रहेछ त ?

समयसापेक्ष प्रश्न । धन्यवाद भाई सन्देश । हो, हामीले पुरनो बिशालबजारको रुपलाई नयाँपन दिन खोजेका छौं । विशालबजारलाई नाम अनुसारको विशाल रुप पनि दिने र अत्याधुनिक पनि बनाउने योजना अनुसार काम गरिरहेका छौं । बजारको सबै भागमा हामी रिन्नोभेसन गरिरहेका छौं । बजारको सबै ठाउँमा सिसी क्यामरा जडान गरेका छौं । सुरक्षा व्यवस्था चुस्त बनाएका छौं । बजारभरि नै फ्रि वाइफाइको व्यवस्था गरिसकेका छौं । सरसफाई पनि व्यवस्थित बनाएका छौं भने अहिले बजारमा हिंड्ने ठाउँहरुमा टायल बिछ्याउने, सिलिङमा जिप्सन राख्ने काम भइरहेको छ । यसैगरी बिजुलीको लाइनलाई खतरामुक्त बनाउन प्यानलको व्यवस्था गरेका छौं । यो सम्पूर्ण काम भइसकेपछि बुद्धबिशालबजार साँच्चिकै विशालबजारजस्तो हुन्छ ।

एशोसियसनले व्यवसायीको हक, हितका लागि के–के गरिरहेको छ ?

हामीले व्यवसायीलाई व्यवसाय गर्न सहज होस् भनेर राजस्व र कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरेका छौं । व्यवसाय प्रवद्र्धनका कार्यक्रमहरु बेलाबेलामा गर्दै आएका छौं । व्यवसायीहरु स्वास्थ्यप्रति सचेत हुन् भनेर हामीले खेलकुदका कार्यक्रमहरु पनि गर्ने गरेका छौं भने सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम पनि तालिका बनाएरै गर्दै आएका छौं । त्यतिमात्र होइन पुराना व्यवसायीलाई सम्मान, नयाँलाई प्रोत्साहन, दक्षता अभिबृद्धि गर्ने, व्यवसायलाई ऊर्जा थप्ने लगायतका कायक्रम गर्दै आएका छौं ।

प्रतिष्पर्धी बजारमा बुद्धबिशालबजारलाई अब्बल बनाउनका लागि पनि केहि गर्नु हुँदैछ कि ?

हो यसका लागि पनि हामीले योजनाबद्ध ढंगले काम गरिरहेका छौं । बुद्धबिशालबजारमा गएपछि गुणस्तरीय सामान पाइन्छ भन्ने सन्देश हामीले दिन खोजेका छौं । त्यसका लागि हामीले व्यवसायीलाई गुणस्तरीय सामान मात्र राख्न आग्रह गरेका छौं । ग्राहकमैत्री व्यवहार गर्नका लागि पनि हामीले व्यवसायीलाई बारम्बार आग्रह गर्नेगरेका छौं । ग्राहकलाई मीठो बोली बोल्ने, शभ्य र नम्र भाषामा कुरा गर्ने, ग्राहकलाई रोजेको सामान झर्को नमानी देखाइदिने, सामान नलिई फर्कियो भनेपनि नराम्रो बोली वा ब्यबहार नदेखाउन हामीले आग्रह गरेका छौं । त्यतिमात्र होइन ग्राहकलाई धेरै मुनाफा नराखी रिजनेबल प्राइसमा सामान बेच्नका लागि पनि निर्देशन दिएका छौं । यसका अलावा बजारको प्रवद्र्धन, ग्राहकलाई आकर्षण गर्नका लागि बेलाबेला उपहार योजना लगायतका कार्यक्रमलाई पनि हामीले निरन्तर सञ्चालन गरिरहेका छौं ।

ग्राहकको सुविधाका लागि हामीले पार्किङ व्यवस्थापन गरिरहेका छौं । त्यसका लागि बुद्धबिशालबजारमा व्यवसायीको सवारीसाधन नराखी ग्राहकको मात्रै राख्ने ब्यबस्था मिलाउँदैछौं । त्यहाँ पार्किङ गर्ने ग्राहकलाई निःशुल्क पार्किङ गर्न दिने व्यवस्था मिलाउँदैछौं । उक्त शुल्क जसकोमा पार्किङ गरेको हो उसैले कुपन दिएर पठाउने र सो कुपनका आधारमा पार्किङ शुल्क निःशुल्क गर्ने हाम्रो योजना हो । यसैगरी ग्राहकको सुविधाका लागि हामीले बजारभित्रै मोबाइल चार्ज गर्ने ठाउँ बनाउँदैछौं । पिउने पानीको व्यवस्था पनि गर्नुका साथै ग्राहकलाई आराम गर्न मन लागेको अवस्थामा आराम गर्न मिल्नेगरी कुर्सी राख्ने तयारी गरेका छौं ।

यसमा व्यवसायीको पनि योगदान रहन्छ कि ?

प्रतिष्पर्धी बजारमा अब्बल दरिनका लागि पक्कै पनि व्यवसायीको योगदान महत्वपूर्ण हुन्छ । व्यवसायीले गुणस्तरीय सामान मात्र बेच्नुप¥यो । ग्राहकलाई ठग्नु भएन । उनीहरुले उचित मूल्यमा सामान बेच्नुप¥यो । ग्राहकलाई देवता समान मानेर व्यवहार गर्नुप¥यो । एशोसियसनले सारेका योजनालाई सबै व्यवसायीले उत्तिकै महत्व दिएर सफल बनाउनुपर्छ । त्यसका लागि व्यवसायीले सहयोग गर्नुहुन्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु ।

You might also like

Comments are closed.