प्रथम मिस्टर पोखरा शारिरिक सुगठन प्रतियोगिता हुने

पोखरा, २६ बैशाख ।
कास्की जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा आगामी साउन १९ गते पोखरामा केबिबिएफए अन्र्तगतको “प्रथम मिस्टर पोखरा शारिरिक सुगठन प्रतियोगिता–२०७५” हुने भएको छ ।

सो बारे जानकारी दिंदै संघका अध्यक्ष राजु कुमार थापाले १६ जिल्लालाइ समेटेर पश्चिमाञ्चल क्षेत्रिय स्तरको प्रतियोगिता आयोजना गरिने बताए । उनका अनुसार प्रतियोगितामा कुल १ सय २५ जना खेलाडीले विभिन्न तौल सुमह र विद्यामा प्रतिष्पर्धा गर्ने छन । यो प्रतियोगितामा कुनै पनि राष्ट्रिय खेलमा गोल्ड मेडलिष्ट खेलाडीलाई भने समावेश नगरिने उनले बताए ।

संघका सचिव दिपक बास्तोलाका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथी तौल समुहका खेलाडीले प्रतिष्पर्धा गर्ने बताए । विजेता खेलाडीले मध्ये प्रतियोगितामा ओभर अल च्याम्पियनले नगद ५० हजार र विभिन्न तौल सुमहका विजेताले प्रत्येक समुह बाट प्रथम, द्वितिय र तृतियले क्रमश नगद १०, ७ र ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख लाग्ने अध्यक्ष थापाले जानकारी दिए । युवाहरु भित्र लुकेर रहेको क्षमतालाई प्रष्फुटन गराई अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । संघले हालै मात्र स्र्पोट्स मेडिसिनको कार्यक्रम पनि सफलता पूर्वक सम्पन्न गरेको जानकारी दिए ।

lcci
You might also like

Comments are closed.