प्रदेशको नाकामा क्वारेन्टाइन राख्न सांसदको माग

पोखरा । गण्डकी प्रदेश सभाका सदस्यहरुले चिनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन प्रदेशको नाकामा क्वारेन्टाइन राख्न माग गरेका छन् । प्रदेश सभाको आइतबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल कोभिड–१९ को उच्च जोखिममा रहेको मुलुक भएको विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.)को रिपोर्टले भनेको भन्दै सो रोग भित्रिन नदिन प्रदेशको नाकामा क्वारेन्टाइन राख्न माग गरेका हुन् ।

सांसद मेखलाल श्रेष्ठले गण्डकी प्रदेशको उत्तरी नाका कोभिड–१९ फैलिएको मुलुक चिनसँग जोडिएकाले कोरोना भाइरस भित्रिने जोखिम उच्च भएकाले उक्त रोग भित्रिन नदिन प्रदेश सरकारले कस्तो तयारी गरिरहेको छ ? भनेर प्रश्न गरे । उनले नाकामा चेकजाँच गर्ने र शंकास्पद व्यक्ति राख्ने क्वारेन्टाइन राख्न माग गरे ।

सांसद राजिव पहारीले कोरोना भाइरसका कारण पोखराको पर्यटन क्षेत्र आहत भएको बताउँदै यसले पर्यटन व्यवसायी ऋणमा चुर्लुम्म डुबेको बताए । कोभिड–१९ कै कारण पोखराका होटलहरुमा १५ प्रतिशत मात्र अकुपेन्सी रहेको उल्लेख गरे । उनले पोखराको पर्यटन व्यवसायीलाई सहुलियत घोषणा गर्न माग गरे ।

jutta mela

सांसद धनमाया पोखरेल लामाले कोरोना भाइरस भित्रिएमा नेपालको अवस्था भयावह हुने चेतावनी दिदै यो भित्रिन नदिन सरकार चनाखो हुनुपर्ने बताइन् । कोरोना भाइरस रोक्न सचेतना अभियान घोषणा गर्नसमेत माग गरिन् ।

सांसद विन्दुकुमार थापाले कोभिड–१९ का कारण ८० प्रतिशत पर्यटक घटेको भन्दै यसका कारण पर्यटन क्षेत्रसहित उद्योग धन्दा बन्द हुने अवस्थामा पुगेको बताए । उनले प्रभावित अर्थ ब्यबस्था उकास्न आर्थिक राहत प्याकेज ल्याउनुपर्नेसमेत बताए । उनले पेट्रोलियम पदार्थमा लगाइएको करबाट संकलित रकमको सदूपयोग हुन नसकेको बेला थप कर लगाउनु नाजायज हुने भन्दै थपिएको कर तत्काल घटाउन माग गरे ।

सांसद पुष्पा केसी भण्डारीले रुख काट्ने तर विरुवा नरोप्ने काम भइरहेको भन्दै यसले गण्डकी प्रदेश सरकारको ३७ प्रतिशतबाट ४१ प्रतिशत वन क्षेत्र पु¥याउने लक्ष्य पूरा नहुने बताइन् ।

कास्कीका सांसद कृष्ण थापाले सरकारले २ वर्षको अवधीमा थुप्रै राम्रा काम गरेको भन्दै सरकारको उपलब्धीको फेहरिस्त नै प्रस्तुत गरेका थिए ।

एयरपोर्ट सेनाको कब्जामा नपुगोस् ः पहारी

सांसद राजिव पहारीले पोखरामा चालु अवस्थामा रहेको पोखरा विमानस्थल सेनाको कब्जामा पुग्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । चालु विमानस्थलको पारिपट्टी नेपाली सेनाले ‘प्याराजम्प’ बनाउन पूर्वाधार निर्माण गरिरहेकोप्रति चासो व्यक्त गर्दै उनले भोलि बिस्तारै विमानस्थल नै कब्जामा लिने हो कि भन्ने चिन्ता व्यक्त गरेका हुन् ।

हिजो रत्न मन्दिरपनि सेनाले विभिन्न बहानामा प्रवेश गरेर कब्जा ग¥यो,‘उनले भने,‘आज चालु विमानस्थल नजिकै सेनाको टुकडी बसेको छ, उसले प्याराजम्प बनाउने कामपनि गरिरहेको छ, भोलि पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहि सेनाले बिस्तारै चालु विमानस्थल कब्जा नगर्ला भन्न सकिन्न ।’ उनले चालु विमानस्थलमा अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउन सकिने धारणा राख्दै सरकारको ध्यानाकर्षण गराए ।

You might also like

Comments are closed.