प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

पोखरा, ८ असार

गण्डकी प्रदेशसभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको छ । यसअघी शुक्रबार बोलाइएको बैठक आइतबार दिउँसो १२ बजे बोलाइएको थियो । तर रातो कितावमा राखिएका योजनाहरुमा बिपक्षीको माग सम्बोधन नभएपछि संसद बैठक अवरोध गर्ने कांग्रेसको चेतावनीपछि आइतबारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । सूचनामा प्रदेश सभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

यसअघी शुक्रबारको बैठकपनि सूचना टाँसेर नै स्थगित गरिएको थियो । सूचना टाँसेर बैठक स्थगित गरेको प्रति कांग्रेसले बिरोध जनाउँदै आएको छ । कांग्रेसले बिपक्षीलाई आफ्नो धारणा राखिसकेपछि मात्र बैठक स्थगित गर्नुपर्नेमा सूचना टाँसेर बैठक स्थगित गर्नु संसदीय अभ्यास र प्रजातान्त्रिक प्रक्रिया बिपरित भएको आरोप लगाएको छ ।

You might also like

Comments are closed.