प्रदेशस्तरीय आइसिटी क्विजको उपाधि शिव मावि नवलपुरलाई

पोखरा । क्यान महासंघ कास्कीद्वारा आयोजित हिमालयन कम्प्युटर रनिङशील प्रदेशस्तरीय क्विज प्रतियोगिताको उपाधि शिव मावि नवलपुरले जितेको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी क्यान इन्फोटेकको अवसरमा आयोजित क्विजको उपाधि जित्दै शिव माविले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक ईश्वर चालिसेले जानकारी दिए ।

बालविकास मावि नवलपुर द्वितीय, अरनिको मावि तनहुँ तृतीय र लिटिलस्टेप बोर्डिङ स्कुल कास्की सान्त्वना भएका छन् । द्वितीय र तृतीयले क्रमशः १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कार जितेका छन् । पोखराको न्युरोडमा रहेको हिमालयन कम्प्युटर्सले क्विजलाई प्रायोजन गरेको थियो । फागुन ११ गते सुरु क्यान इन्फोटेक १५ गते बिहीबारसम्म जारी रहने सचिव सेवक क्षितिजले जानकारी दिए ।

You might also like

Comments are closed.