प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

पोखरा, २० कात्तिक । नव नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति समक्ष सफत लिएका शेरचनले बुधबार दिउँसो पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका लागि शेरचन बुद्ध एयरको जहाजबाट दिउँसो १ बजेको फ्लाईटमा पोखरा आएका थिए । पोखरा एयरपोर्टबाट सिधै प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका थिए ।

पदभार ग्रहण गर्दै उनले देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता जोगाउन एकता आवश्यक रहेको बताए । एकताकै कारण अहिलेसम्म राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता जोगाउन सकेका हौं,‘उनले भने,‘अबपनि एकतालाई जोगाई राख्न आवश्यक छ, एकताको विकल्प छैन ।’ नेपाल रहेमात्र नेपाली रहने यथार्थ नभुल्न दलहरुलाई उनले आग्रह गरे । देशमा विभिन्न खाले संकटहरु देखा परिरहेको भन्दै उक्त संकटलाई परास्त गर्नका लागि केहि न केहि भूमिका खेल्न सक्छु कि भन्ने उद्धेश्यले आफूले पद स्विकारेको स्पष्ट पारे ।

प्रदेश प्रमुख शेरचनले नेपालको लोकतन्त्र विश्वका अन्य मुलुकको भन्दा फरक रहेकाले यसलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । नेपालमा रहेको ३ तहको सरकार अन्य ठाउँमा कहिंपनि नरहेको तथा समावेशीता र धर्मनिरपेक्षता विशिष्ट प्रकारको भएकाले यसको संरक्षणसहित स्थापित गर्नु चुनौतिपूर्ण भएकाले यसको सबै मिलेर सामना गनुर््पर्ने बताए ।

पार्टीको निर्देशन र सरकारको निर्णय अनुसार आफू प्रदेश प्रमुख भएर आएको भन्दै उनले सरकार, प्रदेश सभा, सुरक्षा निकायलगायतसँग सल्लाह गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

यसअघी दिउँसो पोखरा एयरपोर्ट आइपुगेका शेरचनलाई कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, निमित्त प्रमुख सचिव, सचिवहरु, नेकपा निकटका नेताहरु, कर्मचारी तथा नेकपाका कार्यकर्ताहरुले फुलमाला, खादा र पुष्प गुच्छाले स्वागत गरेका थिए । पूर्वाह्न ११ः४५ बजे नै आइपुग्ने भनिएपनि फ्लाइट डिले भएपनि करीब सवा घण्टापछि मात्रै पोखरा आइपुगेका थिए ।

You might also like

Comments are closed.