प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा ।  गण्डकी प्रदेश सभा बैठक अचानक स्थगित भएको छ । प्रदेश सभाको आइतबार बोलाइएको बैठक अन्तिम समयमा आएर अनिश्चित कालका लागि स्थगित भएको हो । बैठक आइतबार दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर पूर्वाह्न १०ः३० बजे सूचना टाँसेर बैठक अनिश्चित कालका लागि स्थगित भएको जानकारी गराइएको हो ।

बिजनेस नभएकाले अन्तिम समयमा आएर बैठक स्थगित गर्नुपरेको प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बताए ।

विधायन समितिमा जन प्रतिनिधिको सेवा सुविधा बृद्धि सम्बन्धी विधेयकमा सहमति नजुट्दा प्रदेश सभा बैठक प्रभावित बनेको श्रोतले बताएको छ । संसदबाट दफावार छलफलका लागि विधायन समितिमा पठाइएको सो विधेयकमा विपक्षी सांसदहरुले बिरोध गर्दै आएका छन् । विधेयकमा प्रदेश सांसदलाई सुब्बा सरहको स्वकीय सचिव, पालिका उपप्रमुखलाई गाडी सुविधा, पालिका सदस्यलाई वडाध्यक्ष बराबरको तलब, भत्ता उपलब्ध गराउनेलगायतका सेवा सुविधा दिने प्रस्ताव गरिएको छ ।

You might also like

Comments are closed.