प्रदेश सरकार गरिबी हटाउने चिन्तामा ः मुख्यमन्त्री गुरुङ

गण्की प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार गरिबी हटाउने चिन्तामा रहेको बताएका छन् । “गण्डकी प्रदेशमा १४ प्रतिशत मानिस गरिबीको रेखामुनि छन्, उनले भने, गरिबीको रेखामाथी मानिसलाई कसरी उठाउने भनेर सरकार चिन्तित छ, यो कुरालाई ध्यानमा राखेर प्रदेशले योजना बनाएको छ ।”

तनहुँको भिमाद ९ पाथर्दीमा आइतबार आयोजित मुख्यमन्त्री नमुना वातावरणमैत्री कृषि गाउँ शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशलाई ५ बर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने योजना रहेको बताए । ५ बर्ष भित्र उत्पादन दोब्बर बनाउन आधुनिक यन्त्र, उन्नत विउ, कृषि यन्त्रको प्रयोग, सिँचाई, सडक सुविधा पु¥याउन प्रदेश सरकारले जोड दिएको बताए ।

थोरै श्रम र लगानीमा धेरै उत्पादन गर्न नसक्दासम्म समृद्धी सम्भव नहुने भन्दै उनले बजारको प्रवन्ध गर्न पनि प्रदेश सरकारले सहयोग गर्ने बताए । “कुन वातावरणमा, कुन उचाईमा, कुन माटोमा के खेति गर्दा फाइदा हुन्छ, त्यही अनुसार सरकारले कृषिमा लगानी गर्छ उनले भने, निर्वाह खेतिले निर्वाह हुन छाडेपछि मानिसहरु गाउँ छाडेका छन्, अब खेति निर्वाहका लागि होइन, व्यापार व्यवसायका लागि गर्नुपर्छ ।”

मुख्यमन्त्री नमुना वातावरणमैत्री कृषि कार्यक्रम गण्डकी प्रदेशका ३६ वटा गाउँमा शुरुवात गरिएको छ । एक निर्वाचन क्षेत्र एउटा नमुना कृषि गाउँका रुपमा विकास गर्ने गरी आइतबार तनहुँको भिमाद ९ पाथर्दीबाट उक्त कार्यक्रम शुरु भएको थियो ।

jutta mela

प्रदेशले “मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ” का रुपमा उक्त कार्यक्रम शुरु गरेको कृषिमन्त्री लेखबहादुर थापाले बताए । उनका अनुसार यो कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १÷१ वटा वातावरण सुहाउँदो कृषिमा फार्महरु संचालन गरिनेछ । नमुना कृषि गाउँ बनाउनका लागि प्रत्येक गाउँलाई ३० लाखका दरले १० करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । “मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँ” छनौट गर्न मागका आधारमा कृषि प्राविधिकले स्थलगत अनुगमन गरेपछि मात्र छनौट भएको जनाएको छ ।

नमुना कृषि गाउँमा १÷१ जना कृषि प्राविधिक पनि परिचालन गरिएको छ । प्रदेशको कृषि मन्त्रालयले कृषि स्वयंसेवकका रुपमा करारमा कृषि प्राविधिक भर्ना गरेर परिचालन गरेको हो । कार्यक्रमको शुरुवात भएको तनहुँको पाथर्दीमा उन्नत जातको बाख्रापालन, सुन्तला, अदुवा, बँगुरपालन लगायतमा सहयोग गर्ने जनाएको छ ।

कार्यक्रममा प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले वातावरणमैत्री कृषि गाउँ” परिवर्तनको लक्ष्यसँग जोडिएकाले उद्देश्य अनुरुप काम गरी अभियान सफल बनाउन स्थानीयलाई आव्हान गरेका थिए । प्रदेशले कृषि सहकारी र कृषक समुह मार्फत वातावरणमैत्री र व्यवसायिक खेति गर्नका लागि यो कार्यक्रम ल्याएको आन्तरिक मामिलामन्त्री किरण गुरुङले जानकारी दिए । उनले कृषिको व्यवसायिकता मात्र नभई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न नमुना कृषि गाउँ कार्यक्रमले सघाउ पु¥याउने बताए ।

त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सबै खालका दक्ष, क्षमता, अनुभव र विशेषज्ञता गाँउमा केन्द्रित हुने बताए   । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले नमूना कृषि गाउँ कार्यक्रम मार्फत समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.