प्रदेश ४ को नाम अब ‘गण्डकी’, २ जना सांसद विपक्षमा

पोखरा, २२ असार । प्रदेश ४ को नाम गण्डकी पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकले गण्डकी नामलाई दुई तिहाई मतसहित पारित गरेको हो ।

सभामा उपस्थित ५६ जना सांसद मध्ये नयाँ शक्तिका २ जना सांसदले मात्र गण्डकीको विपक्षमा मत दिएका थिए । नेकपा, नेपाली काँग्रेस, जनमोर्चाले गण्डकीको पक्षमा मत दिए । मतदान अगाडि सांसदहरुले नामका विषयमा आआफ्नो धराणा राखेका थिए ।

यस अगाडि प्रदेशको राजधानी पोखरा सर्वसम्मत पारित भइसकेको छ ।

You might also like

Comments are closed.