काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार तथा सचिवालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ ।
मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटो पत्रकार राजन काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुको स्वाव शुक्रबार संकलन गरिएको थियो । शनिबार आएको रिपोर्टमा उनीहरुको पोजेटिभ देखिएको हो । प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहकाई केही दिन अगाडि नै कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमण भएको पुष्टि गर्दै मुख्य सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापाले आफूसँग सम्पर्कमा रहेका सबैलाई सचेत रहन आग्रह गरेका छन् ।
Comments are closed.