प्रविधिको सदूपयोग गर्न सके जीवन सहज

जगन गुरुङ
संस्थापक अध्यक्ष, क्यान महासंघ कास्की

हामीले इन्फोटेकमा गोष्ठी र कार्यशाला गरेर विश्व बजारमा आएका सूचना र प्रविधिबारे जानकारी गराउँछौं । नेपालका उत्कृष्ट कम्पनी र डिलरहरुले उत्पादन गरेका प्रोडक्ट र सर्भिसबारे पनि हामी छोटो छोटो सेसन चलाएर जानकारी गराउँदैछौं । यसले गर्दा त्यहाँ आउने सर्वसाधारणदेखि आइटीसँग चासो राख्नेहरुले सूचना प्रविधिको विकास, बिस्तारको अवस्था, त्यसको प्रयोग, त्यसले मानव जीवनलाई बनाउने सहजतालगायतका बारेमा बुझ्न र प्रयोग गर्न सघाउँछ ।

प्रविधिले मान्छेले परम्परागत रुपमा गर्दै आएको कामलाई आमूल परिवर्तन गराउन सक्छ । तर त्यो प्रविधिको सहि सदूपयोग गर्न भने जान्नुपर्छ । जीवनशैलीदेखि कार्यस्थलमा गर्ने काममासमेत छिटो छरितो, सहज बनाइदिन्छ र मान्छेको समय र पैसाको बचतसमेत गराइदिन्छ । एउटै समयमा, उत्तिकै पैसाले परम्परागत भन्दा कयौं गुणा बढी काम छोटो समयमा प्रविधिको प्रयोगले गर्न सकिन्छ ।

jutta mela

सबै सेवा र बस्तुको सकारात्मक र नकारात्मक पाटाहरु हुन्छन् । यसको सदूपयोग गरियो भने त्यसले फाइदा गर्छ । दूरुपयोग गरियो भने बेफाइदा गर्छ । प्रविधिको प्रयोग पनि त्यस्तै हो । जति धेरै प्रविधिको प्रयोग ग¥यो, अभ्यस्त भइयो त्यति नै यसले फाइदा गर्छ र हामी माथि जान्छौं । तर यसको दूरुपयोग गरियो भने झमेलामा फस्ने, आपराधिक कार्यमा फस्ने हुन्छ र त्यसले जेलसम्म पनि लैजान सक्छ । साइवर क्राइमको मुद्धासमेत लाग्न सक्छ । त्यसैले यसप्रति सचेत हुनपनि जरुरी छ । यसका लागि राज्य र हामीजस्ता संघसस्थाहरुले पनि संयुक्त रुपमा सुसूचित गर्ने कार्यपनि गर्नुपर्छ । अर्कोचाहिं यसको प्रयोग पनि समयको व्यवस्थापन गरेर गर्नुपर्छ । (क्यान इन्फोटेकको सन्र्दभमा गरिएको कुराकानीमा आधारित)

You might also like

Comments are closed.