पोखरा । प्रशासन र स्थानीय तहको स्वीकृति लिएर मात्रै राहत वितरण गर्न पाइने भएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न देश लकडाउन भएको अवस्थामा विभिन्न संस्था तथा व्यक्तिहरुले आफूखुसी राहत वितरण गरेको पाइएपछि प्रशासनले यस्तो सूचना निकालेको हो ।
एकद्वार प्रणालीबाट मात्रै राहत बाड्न जिल्ला प्रशासन कार्यालय कास्कीले सम्बन्धित सबैमा अनुरोध गरेको छ । सूचना विपरित कार्य गरे कारवाही गरिने प्रशासनले जनाएको छ ।
Comments are closed.