प्राइम सहकारीद्वारा सम्पूर्ण कर्मचारीको कोरोना बिमा

पोखरा । प्राइम सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको छ । ३३ जना कर्मचारीको कोरोना बिमा गरिएको सहकारीका प्रवन्धक निरु थापाले जानकारी दिइन् ।

सिद्धार्थ इन्स्योरेन्स पोखरा शाखामार्फत कर्मचारीको बिमा गरिएको हो । कोरोना जोखिम बढेपछि कर्मचारीको बिमा गरिएको थापाले जानकारी दिइन् । बिमा गराएकाहरुमा कोरोना पोजेटिभ देखिएमा बिमा कम्पनीले १ लाख रुपैयाँ तत्काल भुक्तानी दिने व्यवस्था छ ।

कोरोना बिमा न्युनतम ५० हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँको गर्न सकिन्छ । बिमा शुल्क प्रतिव्यक्ति ३ सय रुपैयाँ र ६ सय रुपैयाँ लाग्छ । ३ महिनादेखि ९९ वर्षसम्मका व्यक्तिले बिमा गराउन सक्छन् ।

jutta mela

यसैबीच, जिल्ला प्रशासनको मापदण्ड तथा निर्देशन अनुसार एक तिहाई कर्मचारी मात्र उपस्थित भएर कार्यालय सञ्चालन भइरहेको थापाले जानकारी दिइन् । ‘थर्मलगनबाट स्वास्थ्य परीक्षण गरेपछि मात्रै सदस्य तथा सेवाग्राहीलाई कार्यालय प्रवेशको व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘कार्यालय सञ्चालनका क्रममा सचेतना अपनाइएको छ ।’

You might also like

Comments are closed.