प्राविधिक शिक्षाको सोचबाट जन्मिएको ‘कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज’ …

पोखरा । पर्यटकीय नगरी पोखरामा करिब १७ वर्ष अगाडि खुलेको कान्तिपुर होटल ट्रेनिङ सेन्टरलाई विस्तार गर्ने क्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको जन्म भयो । करिब ७ वर्ष अगाडि वृहत लगानीसहित खुलेको कलेजमा डिप्लोमा इन कुलिनरी आर्टस् र डिप्लोमा इन होटल म्यानेजमेन्ट विषयमा पढाई हुँदै आइरहेको छ ।

प्राज्ञिक शिक्षालाई जोड दिदै आएको समाजले गरिखाने शिक्षाको टड्कारो आवश्यकतालाई महसुस गरिरहेको अवस्थामा कान्तिपुरका सञ्चालक विजय पौडेलले प्राविधिक शिक्षामा लगानी गर्नुपर्छ भन्ने सोच बनाए । ‘सोही सोच अनुरुप बिगत करिब १७ वर्ष अगाडि पोखरामा कान्तिपुर होटल ट्रेनिङ सेन्टर स्थापना भयो,’ पौडेलले भने, ‘ट्रेनिङ सेन्टर हुँदै बिगत ७ वर्षदेखि वृहत लगानीसहित कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज सञ्चालन भइरहेको छ ।’

विद्यार्थीको रोजाई र चाहना अनुसारको विषयलाई कलेजले प्राथमिकता दिदै आइरहेको पौडेलले बताए । ‘डिप्लोमा इन कुलिनरी आर्टस्, डिप्लोमा इन होटल म्यानेजमेन्टका विषयमा पढाई हुँदै आइरहेको छ,’ उनले भने ।

२०७७ को शैक्षिक शत्रका लागि कलेजले एसईई तथा १० कक्षा उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी भर्ना खुल्ला गरेको पौडेलले जानकारी दिए । ‘होस्टलसहितको सुविधासहित भर्ना खुल्ला गरेका छौं,’ उनले भने, ‘रोजगारको ग्यारेन्टी गर्ने भर्ना खुल्ला गरेका हौं ।’

jutta mela

कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले अष्ट्रेलियाको युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको छ । पढाई पश्चात रोजगारीको ज्ञारेन्टी गरिएको पौडेलले जानकारी दिए । ‘यहाँबाट दिक्षीत विद्यार्थीलाई माल्दिभ्स, बहराइन, आवुदावी, दुवई, साउदीअरब, कतार जस्ता मिडलिस्ट कन्ट्रिका पाँचतारे होटल तथा फाइनडाइनिङ रेष्टुरेन्टमा रोजगारी ज्ञारेन्टी गरेका छौं,’ उनले भने ।

कलेजमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अध्ययनको व्यवस्था गरिएको प्रिन्सिपल राम कोडान्डाले जानकारी दिए । ‘दक्ष तथा लामो समय अनुभव भएका विदेशी प्रशिक्षकहरुबाट पढाई हुन्छ,’ उनले भने । अत्याधुनिक सेवा सुविधासहितको होस्टलको व्यवस्था रहेको उनले जानकारी दिए । ‘पाँचतारे होटलको अनुभूति हुने गरी कलेजमा ल्याब बनाएका छौं,’ उनले भने ।

कलेजबाट उत्तीर्ण विद्यार्थीको देश तथा विदेशमा माग राम्रो रहेको बताउँछन् पौडेल । ‘तलब पनि आकर्षक पाउने गरेका छन्,’ उनले भने, ‘होटल म्यानेजमेन्ट पढेका विद्यार्थीको विश्व बजारमा अत्याधिक माग छ ।’ पढाई पश्चात रोजगारीको ज्ञारेन्टी हुने भएकाले पनि यो विषयमा आकर्षण बढ्नु स्वभाविक रहेको पौडेलको भनाइ छ । ‘पढाईसँगै पाँचतारे होटलमा ३ वर्षको अनुभव पछि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडामा डाइरेक्ट पि.आर. एप्लाई गर्न पाइने भएकाले अहिलेका विद्यार्थीहरु होटल म्यानेजमेन्टको कोर्षका लागि इच्छुक हुन्छन्,’ पौडेलले भने ।

You might also like

Comments are closed.