फक्सवागन पोलोको फेसलिफ्ट भर्सन नेपालमा

काठमाडौं – नेपाली बजारमा फक्सवागन पोलोको फेसलिफ्ट भर्सन उपलब्ध भएको छ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनलले सो गाडी हालै नेपाली बजारमा उपलब्ध गराएको हो ।

नेपाली बजारमा पहिले देखि नै उपलब्ध न्यु पोलो भन्दा यसमा केही फरकपन छ र लुक्स पनि नयाँ छ । यो फक्सवागन पोलोको जीटीआई भेरिएन्ट हो र यो पहिले भन्दा थप स्पोर्टी छ । यसमा रियर पार्किङ सेन्सर र सिट बेल्ट रिमाइन्टर स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् ।

त्यसैगरी यसमा हनिकम्ब ग्रिल, जीटीआईबाट प्रभावित रियर बम्पर र फ्रन्ट बम्पर, क्लेडेड साइड स्कट्र्स, क्लेडेड फ्रन्ट स्कट्र्स र रियर बम्पर तथा नयाँ थ्रीडी टेलल्याम्प छ ।

jutta mela

यसको सबै भेरिएन्टमा ड्युअल एयरब्याग, एबीएस, सिटबेल्ट रिमाइन्डर र पार्किङ सेन्सर स्ट्यान्डर्डको रुपमा रहेका छन् । यसको ग्राउन्ड क्लियरेन्स १७२ एमएम छ ।

नयाँ फेसलिफ्ट पोलो ट्रेन्डलाइनको मूल्य २८ लाख ९५ हजार, ट्रेन्डलाइन प्लसको मूल्य २९ लाख ४५ हजार, कम्फर्टलाइनको मूल्य ३१ लाख ९५ हजार र हाइलाइनको मूल्य ३५ लाख ४५ हजार रुपैयाँ छ ।

पोलो १.० ह्याचब्याकमा ९९९ सीसीको पेट्रोल इन्जिन छ, जसले ७६ पीएसको पावर र ९५ एनएमको टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा उपलब्ध ह्याचब्याक मध्ये फक्सवागन पोलो सबैभन्दा सुरक्षित प्रिमियम ह्याचब्याक हो । यसले एनक्यापमा फोर स्टार रेटिङ प्राप्त गरेको छ । त्यसैगरी यो नेपाली बजारमा उपलब्ध सबैभन्दा सुरक्षित प्रिमियम ह्याचब्याक पनि हो ।

फक्सवागन नयाँ पोलो १.० मा सुरक्षाका लागि एन्टी लक ब्रेकिङ सिष्टम ९एबीएस०, एयर ब्याग, ग्याल्भानाइज्ड बडी, पावर विन्डो, रियर भ्यु क्यामेरा, पोलन फिल्टर सहिको एयर कन्डिसन, पावर स्टेयरिङ आदि फिचर उपलब्ध छन् । गाडी गुड्दा पनि दबेर गुड्छ । यी सबैका कारण पोलो सुरक्षित सवारी साधन बनेको छ । कथंकदाचित दुर्घटना भइहालेको अवस्थामा पनि यसले यात्रुको सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्छ ।

फक्सवागन पोलोलाई १५ हजार किलोमिटर सम्म सर्भिसिङ नगरी निर्धक्क चलाउन सकिने बताइएको छ । भारतीय र कोरियन ब्रान्डका गाडीहरुको सर्भिसिङ सामान्यतः ५ हजार किलोमिटर गुडे पछि गरिन्छ । गर्नु आवश्यक हुन्छ । तर फक्सवागनका गाडीको सर्भिसिङ १५ हजार किलोमिटर गुडे पछि मात्र गरिन्छ । यो भन्दा पहिले सर्भिसिङ गर्नु आवश्यक हुँदैन ।

पूजा इन्टरनेसनलले पावर, पर्फमेन्स, बिल्ड क्वालिटी र सेफ्टी तथा सर्भिसिङ सबै पक्षलाई विचार गर्ने हो भने फक्सवागन पोलो नेपाली बजारमा इन्ट्री लेवलका गाडीहरु मध्ये सबैभन्दा उत्कृष्ट प्रिमियम ह्याचब्याक भएको दावी गर्छ ।

You might also like

Comments are closed.