फक्सवागन पोलो यस कारणले छ नेपाली बजारमा लोकप्रिय

काठमाडौं । फक्सवागन जर्मन ब्रान्ड हो । जर्मन इन्जिनियरिङ विश्वमै लोकप्रिय मानिन्छ । बिल्ड क्वालिटी र सेफ्टीका लागि जर्मन ब्रान्ड विश्वमै प्रख्यात छन् ।

नेपाली बजारमा पूजा इन्टरनेसनलले फक्सवागनका गाडी बिक्री–वितरण गरिरहेको छ । पूजा इन्टरनेसनलले पावर, पर्फमेन्स, बिल्ड क्वालिटी र सेफ्टी तथा सर्भिसिङ सबै पक्षलाई विचार गर्ने हो भने फक्सवागन पोलो नेपाली बजारमा इन्ट्री लेवलका गाडीहरु मध्ये सबैभन्दा उत्कृष्ट प्रिमियम ह्याचब्याक भएको दावी गर्छ ।

१५ हजार किलोमिटरमा सर्भिसिङ
फक्सवागन पोलोलाई १५ हजार किलोमिटर सम्म सर्भिसिङ नगरी निर्धक्क चलाउन सकिने बताइएको छ । भारतीय र कोरियन ब्रान्डका गाडीहरुको सर्भिसिङ सामान्यतः ५ हजार किलोमिटर गुडे पछि गरिन्छ । गर्नु आवश्यक हुन्छ । तर फक्सवागनका गाडीको सर्भिसिङ १५ हजार किलोमिटर गुडे पछि मात्र गरिन्छ । यो भन्दा पहिले सर्भिसिङ गर्नु आवश्यक हुँदैन ।

jutta mela

अन्य गाडी सर्भिसिङका लागि ३ पटक वर्कसप पु¥याउनु परेको अवस्थामा फक्सवागनका गाडी बल्ल एक पटक पु¥याउनु पर्छ । सर्भिसिङ गर्दा लाग्ने पाट्र्स, लुब्रिकेन्ट आदिको खर्च हिसाब गर्दा वर्षमा अन्य गाडी भन्दा फक्सवागनका गाडीबाट प्रशस्तै रकम बचत हुन्छ । फक्सवागनका गाडीमा दुई वर्ष अनलिमिटेड किलोमिटर वारेन्टी हुन्छ । यो अवधिमा सबै खर्च कम्पनीले नै व्यहोर्ने गरेको छ । यसबाट वर्कसपमा पुग्ने र सर्भिसिङ गर्ने समयको समेत बचत हुन्छ ।

स्वतन्त्र सर्भे गर्ने संस्था इलम कन्सल्टेन्सीले नियमित मर्मत सम्भारमा सबैभन्दा कम खर्च लाग्ने गाडीको रुपमा फक्सवागन पोलोलाई प्रमाणित गरेको कम्पनीले बताएको छ । यसको अध्ययन अनुसार फक्सवागन पोलोमा सोही समूहका अन्य गाडी भन्दा ३० प्रतिशत कम खर्च लाग्छ ।

सबैभन्दा सुरक्षित प्रिमियम ह्याचब्याक
नेपाली बजारमा उपलब्ध ह्याचब्याक मध्ये फक्सवागन पोलो सबैभन्दा सुरक्षित प्रिमियम ह्याचब्याक हो । यसले एनक्यापमा फोर स्टार रेटिङ प्राप्त गरेको छ । त्यसैगरी यो नेपाली बजारमा उपलब्ध सबैभन्दा सुरक्षित प्रिमियम ह्याचब्याक पनि हो । फक्सवागन नयाँ पोलो १।० मा सुरक्षाका लागि एन्टी लक ब्रेकिङ सिष्टम ९एबीएस०, एयर ब्याग, ग्याल्भानाइज्ड बडी, पावर विन्डो, रियर भ्यु क्यामेरा, पोलन फिल्टर सहिको एयर कन्डिसन, पावर स्टेयरिङ आदि फिचर उपलब्ध छन् । गाडी गुड्दा पनि दबेर गुड्छ । यी सबैका कारण पोलो सुरक्षित सवारी साधन बनेको छ । कथंकदाचित दुर्घटना भइहालेको अवस्थामा पनि यसले यात्रुको सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्छ ।

लामो दुरीको यात्राका लागि पनि उपयुक्त
फक्सवागन पोलो ह्याचब्याक सहरी क्षेत्रमा धेरै प्रयोग गरिन्छ । तर यो लामो दुरीको यात्राका लागि पनि उपयुक्त छ । यो गाडी चलाएर लामो दुरीको यात्रा पुरा गर्दा कुनै पनि थकावटको अनुभव हुँदैन । यसको पिकअप पनि राम्रो छ । पोलोलाई हाइवेमा १२०, १३० किलोमिटर प्रतिघण्टाको स्पिडमा चलाउदा पनि बतासिएको अनुभव हुँदैन । गाडी चलाएको अनुभव हुँदैन ।

सस्तो पाट्र्स
शुरुमा नेपाली बजारमा फक्सवागनका गाडी भित्र्याउदा यसका पाट्र्स सिंगापुरबाट ल्याइन्थ्यो । यसले गर्दा फक्सवागनका पाट्र्स महंगा हुन्छन् भन्ने आम मान्यता पनि थियो । तर हाल यसका पाट्र्स भारतबाटै आयात हुन्छन् । भारतबाट पाट्र्स आयात गर्दा यसका पाट्र्सको मूल्य पनि सस्तो भएको छ ।

उपयुक्त माइलेज
पोलोको माइलेज पनि यो सेगमेन्टका गाडीमा राम्रो छ । एआरएआईले यसको माइलेज १८.७८ किलोमिटर भनेर प्रमाणित गरेको छ ।

पोलो १.० ह्याचब्याकमा ९९९ सीसीको पेट्रोल इन्जिन छ, जसले ७६ पीएसको पावर र ९५ एनएमको टर्क जेनेरेट गर्छ । सो गाडीको मूल्य २९ लाख ४५ हजार रुपैयाँ छ ।

हाल फक्सवागन पोलोका लागि पूजा इन्टरनेसनलले पहिलो वर्ष किस्ताको रुपमा प्रति महिना १० हजार मात्र बुझाए पुग्ने नयाँ स्किम ल्याएको छ । यस अन्तर्गत गाडी किन्न चाहने ग्राहकले शुरुमा डाउन पेमेन्टको रुपमा कमसेकम ५० प्रतिशत अर्थात १४ लाख ७२ हजार जति बुझाउनु पर्छ । दोस्रो वर्ष देखि भने नियमित रुपमा प्रति महिना २७ हजार ४६५ रुपैयाँ बुझाउनु पर्नेछ । त्यसपछि बाँकी पैसा ६ वर्ष सम्म १०।२५ प्रतिशतको ब्याजका साथ तिर्न सकिन्छ ।

यो स्किम अन्तर्गत पहिलो वर्षको १२ महिनामा १० हजार रुपैयाँ मात्र बुझाउन सकिने हुनाले ग्राहकलाई १२ महिना सम्म प्रति महिना १७ हजार ४६५ रुपैयाँ फाइदा हुनेछ । किस्ताको रुपमा यो रकम भने कम्पनी आफैले बुझाइदिने छ ।

You might also like

Comments are closed.