फोर्सको गाडी खरिद गर्दा १ वर्षको किस्ता कम्पनीले नै तिरिदिने, यस्तो छ नयाँ अफर

पोखरा । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयात कर्ता तथा बितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले कोरोना महामारीका बेला स्थिति सहज बनाउन आफ्ना ग्राहकहरुका लागि बृहत प्याकेज योजना ल्याएको छ ।

यो योजना अन्तर्गत १ वर्षसम्मको किस्ता रकम कम्पनीले नै तिरिदिने आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का निर्देशक निरन केसीले जानकारी दिए । १ लाख रुपैयाँसम्मको नगद छुट दिने उनले बताए ।

आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. ले बिगत ६ वर्षदेखि फोर्स मोटर्सको विभिन्न मोडेलका गाडीहरुको आयात तथा बिक्रिबितरण गर्दै आएको छ । उक्त कम्पनीले सबैभन्दा धेरै सिट क्षमता भएको जिप (१४ सिट) र ३ वर्ष वा ३ लाख कि. मि. को इन्जिन वारेन्टी भएको मर्सिडिज बेन्जइन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस लगायतका गाडीहरुको आयात तथा बिक्री बितरण गर्दै आएको छ ।

jutta mela

यो योजना यही असार मसान्तसम्म रहनेछ प्रालिका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । ‘यो समयमा फोर्सका गाडी खरिद वा बुकिङ लाभ लिन समस्थ ग्राहकहरुलाई आग्रह गर्दछु,’ उनले भने ।

त्यसैगरी फोर्स मोटर्सले सुविधा सम्पन्न एम्बुलेन्स पनि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सको सोरुम काठमाडौंको गैरीधारा, चितवन, पोखरा, हेटौंडा, जनकपुर, इटहरि, बिर्तामोड झापामा छ ।

You might also like

Comments are closed.