फोर्सको चाडपर्व अफर, ४ लाख रुपैयाँसम्म छुट

आर्थिक आवाज
पोखरा । नेपालीहरुको महान पर्व दशैं, तिहार तथा छठलाई मध्यनजर गर्दै फोर्स मोटर्सका गाडीको बिक्रीमा विशेष छुट अफर सार्वजनिक भएको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले चाडपर्वलाई लक्षित गरी नगद छुटसहितका अन्य अफर योजना सार्वजनिक गरेको छ ।

दशैं तिहारका लागि झण्डै ४ लाख रुपैयाँसम्मको छुट तथा विषेश उपहारहरु फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकहरुले प्राप्त गर्न सक्ने प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए । फोर्स गाडीहरु विषेश रुपमा टिकाउ र इन्धन किफायती र आराम दायीको लागि प्रख्यात रहेको थापालेब ताए । गाडीहरुमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधाका साथै ६ पटकसम्म निःशुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको प्रवन्ध निर्देशक निरन केसीले जानकारी दिए ।

बिगत ५ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले नेपालमा फोर्स ब्राण्डका गाडिहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढि सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आइरहेको छ । कार्गो किङ पिकप, ट्राभलर बस, मिनी बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ ।

jutta mela

फोर्स गाडीको काठमाडौंको गैरिधारामा र पोखराको चाउथे आफ्नै शोरुम छ । देश भर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स बिक्री भइरहेको प्रवन्धक केसीले बताए । बिक्रीसंगै बिक्री पछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टसहरुको उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले प्रमुख प्राथमिकता रखेको उनले बताए ।

You might also like

Comments are closed.