फोर्स मोटर्सको शोरुम प्रदेश ३ को राजधानी हेटौंडामा

आर्थिक आवाज
हेटौंडा । हिमालय अर्गनाइजेसन अन्तर्गतको फोर्स मोटर्सको शोरुम प्रदेश नं. ३ को राजधानी हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको आइतबार एक कार्यक्रमका विच मकवानपुर उद्योग वाणिज्य संघ का अध्यक्ष कृष्ण कटुवाल तथा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुब वहादुर थापाले संयुक्त उद्घाटन गरे ।

स्थानीयको फोर्सका गाडीहरु प्रतिको आर्कषण तथा स्थानीय क्षेत्रमा सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले फोर्सको शाखा हेटौंडामा विस्तार गरिएको अध्यक्ष थापाले बताए । ‘हेटौंडा बजारमा साना सार्वजनिक सवारीहरुको माग उच्च छ,’ उनले भने, ‘अब फोर्सका गाडीहरुप्रति ग्राहकको आकर्षण बढ्ने विश्वास लिएका छौं ।’

jutta mela

बिगत ५ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले नेपालमा फोर्स ब्राण्डका गाडिहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढि सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आइरहेको छ । कार्गो किङ पिकप, ट्राभलर बस, मिनी बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ ।

फोर्स गाडीको काठमाडौंको गैरिधारामा र पोखराको चाउथे आफ्नै शोरुम छ । देश भर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स बिक्री भइरहेको प्रवन्धक निर्देशक निरन केसीले बताए । बिक्रीसंगै बिक्री पछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टसहरुको उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले प्रमुख प्राथमिकता रखेको केसीले बताए ।

चाडपर्व अफरमा विशेष छुट

यसैबीच, नेपालीहरुको महान पर्व दशैं, तिहार तथा छठलाई मध्यनजर गर्दै ग्राहक वर्गलाई विषेश छुटको योजना ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस दशैं तिहारका लागि झण्डै ४ लाख रुपैयाँसम्मको छुट तथा विषेश उपहारहरु फोर्स मोटर्सका गाडीहरु खरिद गर्ने ग्राहकहरुले प्राप्त गर्न सक्ने छन् ।

फोर्स गाडीहरु विषेश रुपमा टिकाउ र इन्धन किफायती र आराम दायीको लागि प्रख्यात छन् । यो गाडीहरुमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधाका साथै ६ पटकसम्म निःशुल्क सर्भिस सुविधा पनि उपलब्ध प्रवन्ध निर्देशक केसीले जानकारी दिए ।

You might also like

Comments are closed.