बजारमा मलको कालोबजारी ! गुनासो आएपछि यसरी भयो अनुगमन

पोखरा । पोखरामा साल्ट ट्रेडिङले वितरण गरेको युरिया मलमा गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमन गरेको छ । मल अभावको समयमा किसानले धान गोड्ने बेला हाल्नुपर्ने युरिया मल तीन दिन अगाडि साल्ट ट्रेडिङले ४ जिल्लाका किसानहरुलाइ मल उपलब्ध गराएको थियो ।

विभिन्न सहकारीलाई मल उपलब्ध गराउने र सहकारीले किसानहरुलाई वितरण गर्ने भनिएको मल जहाँतहीँ छ्यापछ्याप्ती भाँडा पसलदेखि, खाद्यान्न, किराना, भेटरीनरी, जहाँ पनि युरिया मल पाइने भन्ने गुनासोको आधारमा अनुगमन गरेको हो ।

प्रसाशनले पोखराका ५ वटा कृषि सहकारीको अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालयले बिहिबार गरेको अनुगमनमा पोखरा ३२ खोलाको छेउ भन्ने ठाउँमा भाडा पसल राज सुवेदी स्टोर्समा अनुमती बिना मल बिक्री गरेको भटिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । उनको अनुसार उक्त पसललाई रासायनिक मल विक्री वितरण गर्ने अनुमति छैन ।

अन्य ठाउँमा कृषि सहकारीले राखेका बिक्री केन्द्र किराना पसलसँगै मल राखिएको भेटिएको छ । ‘कृषि सहकारीले व्यवस्थित रुपमा साइनवोर्ड नराखेको, बिल नराखेको, खाद्यान्न पसलसँगै रासायनिक मल राखेर बिक्री गरेको, मूल्य सूची नराखेको जस्ता मापदण्डहरु पालना नगरेको भेटिएको छ । सुधार गर्ने भनेका छौं ।’ उनले भेटिएका कमजोरीलाई सुधार नगर्नेलाइ कारवाहि गर्ने चेतावनी दिएको बताए ।

पोखरामा मल बेच्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख सुरेशराज भण्डारीले अनुदानको मल व्यवसायीलाई बेच्नै नमिल्ने भएकाले गुनासोको आधारमा अनुगमन गरिएको जानकारी दिए । ‘खाद्यान्न बेच्ने पसलले मल बेच्न अनुमति नै नपाउने व्यवस्था रहेको छ । बिक्री केन्द्रहरुले गरेका गल्तिहरुलाई सुधार गर्ने लगाएको र सुधार गर्न नसक्ने वा अटेरि गर्नेलाई मल दिदैनौं,’ उनले भने ।

पोखरामा साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत यही भदौ १४, १५ र १६ गते १ सय ७९ टन मल कास्की, स्याङजा लम्जुङ र तनहुँ गरि ४ जिल्लाका सहकारीलाई वितरण गरिएको भण्डारीले जानकारी दिए । अनुगमनमा सहायक प्रमुख गुरुदत्त ढकाल, साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख सुरेशराज भण्डारी, प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपाने लगायत प्रहरी र पत्रकार सहितको टिमले अनुमगन गरेको हो ।

You might also like

Comments are closed.