बजारीकरणको जिम्मा लिए लगानी गर्न तयार छौं

 

सुदीप ढकाल 
अध्यक्ष, बचत तथा ऋण सहकारी संघ लि. कास्की

हामीले ऋण प्रवाह गर्ने क्रममा ऋणीको उदेश्यलाइृ राम्रो सगँ बुझ्छौं । हामीले दिएको ऋणले उद्यम सञ्चालन गर्नुपर्छ भनेर हामी पहिल्यै सूचित गर्छौं । उद्यम गर्नका लागि प्रेरित गर्नु नै हाम्रो उद्धेश्य हो । हामीले दिएको ऋण उचित ठाउँमा प्रयोग भएमा त्यसले उद्यमशीलताको विकास गर्छ । उद्यममा स्थानिय नै हुने हो लाभान्वित । उद्यमशीलताले स्वरोजगार बनाउँछ । यसैका कारण रोजगारीको पनि सृजना हुन्छ । स्वरोजगार र रोजगारीसँगै जसले उद्यमशीलता गर्छ उसले आयआर्जन पनि गर्छ । लगानीले प्रतिफल पनि दिन्छ । यो सबैले समग्र गाउँ, टोल, समाजहुँदै समग्र देशकै आर्थिक समृद्धीमा सघाउँछ र यो सबै सहकारीकै कारणले सम्भव हुने हो । हामीले उद्यमशीलताका लागि प्रेरित गर्दै त्यसका लागि वातावरणसमेत सृजना गर्छौं । कसैको हातमा सीप र काम गर्ने ईच्छाशक्ति छ भने हामी बिना धितो सामुहिक जमानीमा ऋण प्रवाह गर्छौं ।

गण्डकी प्रदेश सरकारले बचत तथा ऋण सहकारीले पुँजीको ३० प्रतिशत र कृषि सहकारीले पुँजीको ७० प्रतिशत कृषि तथा उत्पादनमा लगानी गर्ने ऐन ल्याएर राम्रो गरेको छ । यो एकदमै स्वागत योग्य कुरा हो । हामीलाई आरोपपनि छ सहकारीले पैसा संकलन मात्रै ग¥यो, उत्पादनमा लगानी गरेन भन्ने । त्यो हिसाबले प्रदेश सरकारले ल्याएको यो योजना सकारात्मक छ । यो सहकारीले लागु गर्न सक्छ तर तोकिएको समयसीमा भित्र भने मुश्किल हुनसक्छ । यसका लागि केहि समस्याहरु पनि छन् । कृषिमा लगानी गर्न समस्या छैन । कृषिमा लगानी गरेर उत्पादन गर्न सकिन्छ, यो समस्या होइन तर बजारीकरणको भने समस्या छ । सरकारले बजारीकरणको जिम्मा नलिने हो भने सहकारीले उत्पादनमा लगानी गर्न गाह्रो छ । हामीले कृषि उत्पादनमा लगानी गर्ने हो भने राज्यले बजारीकरणको जिम्मा लिइदिनुपर्छ । त्यसो गरिएन भने प्रदेश सरकारले भनेको कृषिमा लगानी नारामा मात्रै सिमित हुन्छ ।

You might also like

Comments are closed.