बजेट अधिवेशनको तयारी स्वरुप मुख्यमन्त्रीसहित १४६ जनाको स्वाव संकलन

पोखरा ।

गण्डकी प्रदेश सभा बैठक जेठ ११ गतेदेखि शुरु हुने भएपछि बैठकको तयारी तिव्र पारिएको छ । बैठकको तयारी स्वरुप मंगलबार मुख्यमन्त्रीसहित प्रदेशका सबै मन्त्रीहरु र कर्मचारीहरुको स्वाव संकलन गरिएको छ । मंगलबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित प्रदेशका अन्य ६ जना मन्त्रीहरु, मन्त्रालयका कर्मचारीहरु, मुख्यमन्त्री तथा मन्त्रीका स्वकीयसहित सचिवालय सदस्यहरु, गाडी चालकहरु, नीति तथा योजना आयोगका सदस्यहरु, कर्मचारीहरु गरि मंगलबार १४६ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

बुधबार सभामुख, उप सभामुखसहित सांसदहरु, उनीहरुका स्वकीय सचिव, संसदका कर्मचारी तथा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुको स्वाव संकलन गरिनेछ । स्वाव संकलन बैठक स्थल पोखरा सभागृहमा नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । संकलित स्वावको नतिजा जेठ १० गतेसम्ममा आइपुग्ने र ११ गते बैठक बस्ने उनले बताए ।

jutta mela

बैशाख ११ गते बस्ने भएको छ । प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशको बजेट अधिवेशनको रुपमा रहेको बर्खे अधिवेशन आह्वान भएको हो । बैठक आह्वान भएसँगै बैठकको तयारी शुरु गरिएको छ ।

यसैबीच, बैठक स्थलको तयारीपनि तिव्र बनाइएको छ । बैठक पोखरा सभागृहमा बस्ने भएको छ । सामाजिक दुरी कायम गरेर बैठक बस्नका लागि पोखरा सभागृहमा बैठक राख्ने तयारी गरिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । जस अन्तर्गत बैठक स्थल पोखरा सभागृहको अवलोकन गरेर आवश्यक मर्मतसम्भार गर्न शुरु गरिएको उनले बताए । बैठकको तयारी शुरु गरेका छौं,‘उनले भने,‘बैठक स्थलमा आवश्यक कुर्सीको मर्मत सम्भार शुरु गरिसकेका छौं ।’

१६ सय जना अटाउने क्षमताको पोखरा सभागृहका कतिपय कुर्सीहरु बस्नै नमिल्ने गरेर भाँचिएका छन् भने कतिपय ठाउँमा कुर्सी नै छैन । नभएका ठाउँमा कुर्सी राख्न र भाँचिएका कुर्सी मर्मत सम्भार गरेर दुरुस्त पारिने उनले बताए ।

You might also like

Comments are closed.