आर्थिक आवाज
पोखरा, ४ फागुन । पोखरा जगदम्बा ट्राभल्सले बागलुङदेखि काठमाडौंसम्म सिधा पर्यटकीय रात्री बस सञ्चालन गर्नेभएको छ । आइतबारबाट सेवा सुरु हुने ट्राभलका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । हरेक दिन साँझ ६ बजे बागलुङ र काठमाडौंबाट दैनिक १÷१ वटा बस छुट्नेछ ।
२० सिट क्षमताको अत्याधुनिक सुविधा सम्पन्न बस सञ्चालनमा ल्याउन लागिएको अधिकारीले जानकारी दिए । एसि, हिटर, वाइफाइको सुविधा रहेको बसमा यात्रुलाई कफी तथा चियाको सुविधा पनि उपलब्ध हुनेछ । ‘यात्रुहरुले सजिलैसँग सुतेर सहज यात्रा गर्न सक्छन्,’ उनले भने, ‘यात्रुलाई स्तरीय सेवा उपलब्ध गराउन हामी सफल हुनेछौं ।’
Comments are closed.