बाचा बिर्सेर गेसोले गुहा¥यो ‘गोर्खा स्मारक’ निर्माणका लागि सरकार

सन्देश श्रेष्ठ
पोखरा । दोश्रो विश्वयुद्धताका मृत्यू वरण गरेका वेलायती (वृटिस) सेनाका नेपाली सैनिकहरुको स्मृतिमा स्याङ्जा फेदीखोला गाउँपालिकाको साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारक ट्रस निर्माणका लागि नेपाल भूतपूर्व सैनिक संघ (गेसो)ले सरकारलाई गुहारेको छ । गेसोका संस्थापक सभापतिसमेत रहेका गोरखा स्मारक ट्रस साल्मेडाँडाका सभापति पदमबहादुर गुरुङले शनिबार पोखरामा पत्रकार भेटघाट आयोजना गरी वृटिस गोर्खाहरुको समाधिस्थलको रुपमा साल्मेडाँडामा निर्माणाधीन गोर्खा स्मारक ट्रस निर्माणका लागि सरकार गुहारेका हुन् । गोर्खा स्मारक निर्माणका समयमा गेसोले नेपाल सरकार र व्रिटिस गोर्खा सरकारको एक रुपैयाँपनि नलिने घोषणा गरेको थियो । तर गेसोले अहिले आएर आफैले गरेको बाचा बिर्सिदै गोर्खा स्मारक निर्माणमा सरकारलाई गुहारेको हो । यसअघि गत आर्थिक वर्षमा सरकारले गोर्खा स्मारकका लागि ५ करोड प्रदान गरिसकेको छ ।

गेसोका संस्थापक सभापति गुरुङले गोर्खा स्मारकको बहुउद्देश्यीय योजनाको प्रथम चरणको समाधि सम्पन्न गर्न र नेपालको बहुजातिय संग्रहालय तथा १९ जातजातिहरुको बहुजातिय सांस्कृतिक ग्राम निर्माण गर्नका लागि आवश्यक पर्ने ५० करोड रुपैयाँ विनियोजन गरिदिन आग्रह गरे । उनले सरकारबाट रकम विनियोजनका लागि पहल गरिदिन सांसदहरुलाईसमेत गुहारेका छन् । साथै उनले यो प्रोजेक्ट सम्पन्न गर्नका लागि उद्योगपति तथा धनपतीहरुमापनि सहयोगको अपिल गरेका छन् ।

गेसोका संस्थापक सभापति गुरुङले सरकारले आफूहरुले माग गरेको ५० करोड रुपैयाँ नदिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । यो रकम गेसोले नेपालको राष्ट्रिय मुद्धा लड्दा लगानी गरेको कुल रकमको १ प्रतिशत मात्र हो, ‘चेतावनीयुक्त भाषामा गुरुङले भने,‘यो आउने आर्थिक वर्षको बजेटमा नेपाल सरकारसँग अनुरोध गरेको यो रकम अस्वीकार भएमा गेसो कडा रुपमा प्रस्तुत हुन्छ, किनभने हामी शाषकहरुाट बेचिएका नेपालका पीडित नागरिकहरु हौं ।’

jutta mela

गेसोका संस्थापक सभापति गुरुङले साल्मेडाँडामा निर्माणाधीन गोर्खा स्मारकका लागि भूतपूर्व सैनिकहरुले लगानी गर्न नसक्ने बताए । हामी भूपू सैनिकहरुले नेपालको राष्ट्रिय मुद्धामा जेजति योगदान र लगानी ग¥यौं, ग¥यौं,‘उनले भने,‘तर यो भन्दा बढी हामी साल्मेडाँडामा लगानी गर्न सक्दैनौं ।’ गोर्खा स्मारक नेपाल र नेपाली जनताका लागि अति महत्वपूर्ण र आवश्यक भएकाले अब गोर्खा स्मारक निर्माण सम्पन्न गर्ने दायित्व र कर्तव्य सरकारको भएको उनको भनाई छ ।

गेसोका संस्थापक सभापति गुरुङले शंकरनाथ रिमालको डिजाइन अनुसार नै सम्पन्न गर्न सकेमा वृटिस सैनिकहरुको समाधिस्थल ‘गोर्खा स्मारक’ ‘एटम बम’ भन्दापनि शक्तिशाली अस्त्र हुने दाबी गरे । यदि यो निर्माण सम्पन्न भएमा यसको विश्वमा चर्चा हुने र यसले विश्वलाई वृटिसले गोरखालीलाई कसरी बँधुवा मजदुरको रुपमा लगेका थिए र तिनै अवैध रुपमा पुगेका गोर्खा सैनिकको बहादुरीले वृटिसलाई कसरी जिताएको थियो भन्ने भेद खोल्ने उनको भनाई छ । जसका कारण सारा विश्वको ध्यान नेपाल र गोर्खा सैनिकतर्फ ध्यान केन्द्रीत हुने उनले बताए । गोर्खा स्मारकले विश्वसामु सँधै नेपालको पक्षमा वकालत गरिरहनेछ,‘उनले थपे,‘हामी किन र कसका लागि विश्वमा बहादुर बनेर नेपालका मित्र राष्ट्रहरुको बिरुद्ध युद्ध लड्न गएका थियौं, हामीले युद्ध जितिदियौं, विश्वले शान्ति पायो । विकासको बाटोमा विश्व अघि बढ्यो, हाम्रो रगत र पसिनाले वृटिस सम्पन्न र समृद्ध हुँदै विश्वको शक्तिशाली राष्ट्र बन्यो तर त्यहि त्याग र वलिदान दिने हामी र हाम्रो देश नेपालले के पायो ? गरिबी र अभाव सिवाय अरु केहिपनि पाएन भनेर यो समाधिले विश्वलाई सुनाउँदै वृटिसलाई प्रश्न गरिरहनेछ ।’

गोर्खा स्मारक निर्माण सम्पन्न भएलगत्तै उद्घाटन गर्ने तयारीमा गेसो लागेको गुरुङले बताए । उनले स्मारकको उद्घाटन वेलायती प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको संयुक्त बाहुलीबाट गरिने जानकारी दिए । गोर्खा स्मारकको उद्घाटन गर्न वेलायती प्रधानमन्त्री आएपनि वा नआएपनि त्यो नेपालको हितमा हुने उनले दाबी गरे । वेलायतका प्रधानमन्त्री समुद्घाटनमा आएपनि वा नआएपनि फस्छ फस्छ,‘उनले भने,‘उनी आएभने गेसोले युद्धामा मारिएका हजारौं गोर्खालीहरुको समाधि साल्मेडाँडाबाट विश्वसामु नेपाल र वेलायतका प्रधानमन्त्री समक्ष युद्धमा मारिएका गोर्खाहरुलाई वैध घोषणा गर्न माग गर्छ र २१ मे २००९ मा तत्कालिन प्रधानमन्त्री गोर्डन ब्राउनको सरकारले गोर्खाहरुलाई समानता दिन्छु भनि जारी गरेको नीति अहिलेसम्म किन लागु नगरेको ? तुरुन्त लागु गर भनेर ज्ञापनपत्र दिन्छ, जसका कारण युद्धमा मारिएका गोर्खाहरुलाई वैध घोषणा गरे के हुन्छ ? नगरे के हुन्छ ? यसपछि मात्रै गेसोको खुबी र चमत्कार संसारले देख्नेछ ।’

You might also like

Comments are closed.