पोखरा, ८ फागुन
मातृशिशु मितेरी अस्पताल पोखराको अयोजनमा दुई दिवसिया क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम पोखरा–१६ बाटुलेचौरमा सम्पन्न भएको छ । सो प्रशिक्षणमा सफल जीवन,तनाव व्यवस्थापन,सकारात्मक सोच,मानविय मुल्य, सतकर्म आदि विषयहरुमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले प्रशिक्षण दिएका थिए ।
मानवलाई उर्जाशिल बनाउनको लागि मानवको मनमा सद्विचार,शुभ भावन जस्ता विचारहरु निरन्तर उत्पन्न हुन भएको उनले बताए । दैनिक शान्तिमा रहने एवंम योग अभ्यास आध्यात्मिक चिन्तनलाई अपनाउनु पर्ने आजको आवश्यकता भएको उनको भनाई थियो । प्रशिक्षार्थी व्यवस्थापन समितिका सदस्य षुष्पलाल तिमिल्सेना, नर्स अचर्ना शर्मा,शर्मिला श्रेष्ठ, दुर्गा के.सी,एमकुमारी गुरु¨, ओम बहादुर थापा, जेपिडीकी सिरोमीताकासि, पोखरा महानगरपालिका वृत्तिय अधिकृत सविता ढु¨ना लागायतले प्रशिक्षणको अनुभव व्यक्त गर्दै प्रकारका प्रशिक्षणले मानसिक प्रदुषणको समस्यालाई कम गर्न सहयोग पुराउने र सेवा भाव,दया भाव,इमान्दारीता,कर्तव्य वोध बनाउनमा सहयोग पुराउने बताए । ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालको अध्यक्षमा भएको प्रशिक्षणमा अस्पतलका डाक्टर,नर्स,व्यवस्थपान समितिका सदस्य,कर्मचारी गरी ६३ जनाको सहभागिता रहेको थियो ।
Comments are closed.