बानियाटारको किड्स स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

आर्थिक आवाज
काठमाडौं । काठमाडौं टोखा ८ बानियाँटारको किड्स स्कुलले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । दुवईको अमिटी युनिभर्सिटीद्वारा डिसेम्बर १६ मा आयोजित कार्यक्रममा इन्टरनेशनल स्कुल अवार्ड अन्तर्गत किड्स स्कुलले बेस्ट स्कुल अवार्ड जितेको विद्यालयकी संस्थापक÷प्रिन्सिपल शर्मिला केसीले जानकारी दिइन् ।

विश्वका भिन्न देशका उत्कृष्ट विद्यालयहरुको सहभागितामा नेपालको प्रतिनिधित्व गर्दै किड्स स्कुल उक्त कार्यक्रममा सहभागी भएको थियो । विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलाप, सहभागितामूलक अध्यापन विधि, अध्यापनका निम्ती अपनाइएका नयाँ पद्दतिहरु, परियोजना कार्य तथा विद्यालयका सम्पूर्ण उपलब्धी लगायतको मूल्यांकनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

‘यो अवार्ड प्राप्त गर्नु हाम्रो लागि ठूलो उपलब्धी हो,’ केसीले भनिन्, ‘हामी निकै गौरवान्वित छौं । आगामी दिनमा स्कुललाई अझ राम्रो बनाउने अभियानमा हामी हुनेछौं ।’ २० वर्षे अनुभवलाई अझ सशक्त ढंगले अघि लैजान र अगाडि बढ्न आफू र आफ्नो टिम प्रतिबद्ध रहेको केसीले बताइन् ।

jutta mela

You might also like

Comments are closed.