बाराही टाउनले गर्यो क्यान्सर पीडितलाई सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनले क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका पोखरा नदीपुर बस्ने राजेश नेपालीलाई क्लबले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष आरती अधिकारीले जानकारी दिईन् ।

मनिपाल अस्पतालमा उपचाररत उनलाई उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले १० हजार रुपैयाँ सहयोग गरेको कार्यक्रम संयोजक सारा बस्यालले जानकारी दिईन् ।

कार्यक्रममा डिष्ट्रिक्ट चियरपर्सन रोजी श्रेष्ठ लगायत क्लबका सदस्य सहभागी थिए ।

You might also like

Comments are closed.